प्रस, सप्तरी, २३ फागुन/
बलात्कारको आरोपमा फरार सप्तरीको विष्णुपुर गाउँँपालिका–५ बोरियाका ३५ वर्षीय मोहम्मद रहमुल मियाँँलाई आइतवार प्रहरीले पक्राउ गरेको छ।
आरोपितले २०७७ जेठ २६ गते बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा गत असोज २९ गते उजूरी दिएकी थिइन्।
पीडितले जिल्ला प्रशासन कार्यालयमा समेत पनि २०७७ कात्तिक ३ गते उजूरी दिएकी थिइन्।
जिल्ला प्रहरी कार्यालयले कात्तिक ४ गते उजूरी दर्ता गरे पनि पक्राउ नपरेका आरोपितलाई गाउँँघरमै लुकेर बसेको अवस्थामा आइतवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सप्तरीले जनाएको छ।
बलात्कारबाट गर्भवती बनेकी पीडितबाट राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गत कात्तिक १५ गते छोराको जन्म भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here