ग्राहकबाट पसलधनीमा कोरोना सङक्रमण

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, सप्तरी, २ भदौ/
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एकै परिवारका ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नगरको वडा नं ९ हनुमाननगर बजारका एकै परिवारका ३ महिलासहित ८ जनामा मङ्गलवार कोरोनो सङ्क्रमण पुष्टि भएको सो नगरपालिकाका प्रमुख शैलेश साहले जानकारी गराएका छन्। सोही परिवारका एकजना २८ वर्षीय पुरुषमा केही दिन पहिले सङ्क्रमण देखिएकोमा उनको कन्ट्याक्ट ट्रेसिङमा रहेकाहरूको स्वाब परीक्षण गर्दा उनकै परिवारका थप ८ जनामा सङ्क्रमण पुष्टि भएको नगरप्रमुख साहले बताएका छन्।
सङ्क्रमित पुष्टि भएकाहरूमा ६५, ५५, ३८, ३६ र १० वर्षीयसमेत पाँचजना पुरुषका साथै ५०, ३० र २४ वर्षीया तीनजना महिला छन्। सङ्क्रमण पुष्टि भएका सबै एकै परिवारका सदस्य भएकाले उनीहरूलाई होम आइसोलेशनमैं राखेर निगरानी गरिने नगर स्वास्थ्य शाखाको तयारी छ।
शुरूमा सङ्क्रमण देखिएको सो परिवारका २८ वर्षीय युवक घरबाहेक आफ्नो पसलमा मात्रै बस्ने गरेकाले र उनका परिवारका सदस्यहरू पनि अर्को परिवारका सदस्यहरूसँग लामो समयदेखि भेटघाट गरेको नदेखिएको कन्ट्याक्ट ट्रेसिङमा खटेका स्वास्थ्य टोलीले जनाएको छ। पसलका साहुसमेत आफैं भएका युवक पसलबाहेक बाहिर कतै नगएको कुरा उनका छिमेकहरूबाट समेत पुष्टि भएकोले उनको पसलमा आउने ग्राहकहरूबाटै सङ्क्रमण भएको र उनीबाट परिवारमा कोरोना सङ्क्रमण भएको टोलीको ठहर छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।