प्रस, परवानीपुर, २२ फागुन/
नारायणी क्रिकेट मैदानमा स्थानीय युवाहरूको दादागिरीका कारण फर्मा क्लबले शनिवार पूर्वघोषित प्रतियोगिता गर्न पाएन। नारायणी रङ्गशालादेखि पूर्व–दक्षिणतर्फ रहेको नारायणी क्रिकेट मैदानमा फर्मा क्लबले प्रतियोगिता गराउनको लागि क्यान पर्सासँग अग्रिम बुकिङ गरेको थियो। बिहान ६ देखि ११ बजेसम्मको लागि क्रिकेट मैदान बुकिङ गरिए पनि स्थानीय युवाहरूले सो मैदान खाली नगरिदिंदा प्रतियोगिता हुन नसकेको फर्मा क्लबले जनाएको छ। गत शनिवारदेखि आगामी पाँचवटा शनिवारका लागि फर्मा क्लबले मैदान बुकिङ गरेको थियो। तर त्यहाँ दैनिक अभ्यास गर्ने स्थानीय युवाहरूले मैदान खाली गरेनन् र आजको प्रतियोगिता स्थगित भयो।
वीरगंज–पथलैया औद्योगिक कोरिडोरका १० वटा औषधि उद्योगमा कार्यरत फर्मासिस्टहरूले फर्मा क्लब सञ्चालन गरेका छन्। क्लबले प्रत्येक वर्ष मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता गराउँदै आएको छ। क्लबका अध्यक्ष देवानन्द साहले क्यान पर्सासँग मैदान शुल्क तिरेर अग्रिम बूक गरेको भएपनि युवाहरूले अटेरी गर्दा आजको प्रतियोगिता स्थगित गरिएको बताए।
प्रतियोगिता हेर्न अतिथि, दर्शक आएका थिए भने मैदानमा टेन्ट, साउन्ड सिस्टमलगायतका व्यवस्था गरिएको भएपनि स्थानीय युवाहरूले मैदान खाली नगरेको र क्यानका पदाधिकारीहरूले पनि कार्यक्रम गराउन उदासीनता देखाएको अध्यक्ष साहले आरोप लगाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here