प्रस, पंचगावाँ, २२ फागुन/
तेस्रो सखुवाप्रसौनी गोल्डकप फूटबल प्रतियोगिताको उपाधी श्री बारा ११ले जितेको छ।
प्रतियोगिताको फाइनलमा टाइब्रेकरमा पर्सा राइडर युथ क्लबलाई ३ को विरूद्ध ४ गोल गरि उपाधि जितेको हो।
फाइनल प्रतियोगिताको खेल दुबै बीच बराबरीमा सकिएपछि टाइब्रेकरबाट प्रतियोगिताको निर्णय गरिएको थियो।
प्रतियोगितामा विजयी र उपविजयी टिमलाई निलम्बित सांसद हरिनारायण रौनियारले नगद, शिल्ड, कप, प्रमाणपत्रसहित पुरस्कृत गरेका थिए। प्रतियोगिताको विजयीलाई १ लाख रउपविजयीलाई ५० हजार प्रदान गरिएको थियो।
वडाध्यक्ष्F विश्वनाथ पटवारीको अध्यक्षतामा भएको समापन समारोहमा गापा अध्यक्ष्F प्रदीप जैसवाल, उपाध्यक्ष्F फूलमति देवी चौधरी, नेरामावि सिरही सथवलका प्रअ भागवतप्रसाद थारू, वडासचिव चन्द्रकिशोर पटेल, वडासदस्य पारशमहतो थारूलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here