प्रस, ठोरी, २२ फागुन/
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ठोरी गाउँपालिकामा चार दिने पाठेघरसम्बन्धी परीक्षण तथा निश्शुल्क स्वास्थ्य शिविर शुरू भएको छ।
वडा कार्यालयको आयोजनामा वयोधा अस्पताल वीरगंज र उन्नति मेडिकल सुवर्णपुरको प्राविधिक सहयोगमा आयोजित शिविरको उद्घाटन उपाध्यक्ष शान्तिमाया थिङले गरेकी थिइन्।
उनले महिलाहरूको हकहित महिला दिवसमा मात्र नभई ३६५ दिन लागू हुनुपर्ने बताइन्। उनले समाजका धेरैजसो महिला स्वास्थ्य संस्थासम्म पुगेर उपचार गराउने हैसियतमा नरहेकाले गाउँपालिकामा शिविर सञ्चालन गरेको भन्दै सोबाट लाभ लिन आग्रह गरिन्। उनले घरायसी हिंसा र अशिक्षाको कारण महिलाहरू आफ्नो रोगलाई लुकाउने गरेको र पछि समस्या बल्झेर पीडित हुने गरेको भन्दै शिविरमा खुलेर आफ्नो रोगको उपचार गराउन सुझाइन्। कार्यक्रममा सुनीता बुढाथोकीले स्वागत गरेकी थिइन् भने सहजीकरण चन्द्र नेवारले गरेका थिए।
वडाध्यक्ष्F रामबहादुर पाख्रिनको अध्यक्ष्Fतामा भएको उद्घाटन समारोहमा स्वास्थ्य संयोजक रमेश थिङ, शिक्षक महासङ्घका अध्यक्ष अमृत श्रेष्ठ, समाजसेवी लेखमान थापालगायतले शुभकामना व्यक्त गरेका थिए। शिविर सुवर्णपुरमा दुई दिन र वडा नं ३ सरस्वती आधारभूत विद्यालय ब्रह्मनगरमा फागुन २४ गते १ दिन तथा वडा नं २ स्वास्थ्यचौकीमा फागुन २५ गते १ दिन सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here