प्रस, वीरगंज, २१ फागुन/
वीरगंज महानगर–१५ भिस्वा निवासी ४१ वर्षीय वीरेन्द्र सिंहले एउटा आँखा गुमाएका छन्। वीरगंज–१६ नगवास्थित किरण आँखा अस्पतालमा उपचार गराउने क्रममा उनले आँखा गुमाउनुपरेको बताए। दुई साताअघि आँखा दुखेपछि किरण आँखा अस्पतालमा चेकजाँच गराएको र त्यहाँका चिकित्सक डा अमर क्यालले आँखामा इन्जेक्सन लगाएपछि उनले देख्न छाडेको बताए। किरण आँखा अस्पतालमा उपचार गराउँदा आँखाले देख्न छाडेपछि वीरगंजका अन्यत्र आँखा अस्पतालमा पनि देखाएको र त्यहाँका चिकित्सकहरूले आँखा निको हुन नसक्ने भनी बताएको पीडित सिंहले बताए।
अन्यत्रका चिकित्सकले आँखाले देख्न नसक्ने बताएपछि यसबारेमा किरण आँखा अस्पतालमा बुझ्न गएको तर चिकित्सकहरू कोही नभेटिएको उनले बताए। उनले आफूहरू आँखा अस्पतालमा आउँदै गरेको जानकारी पाएर चिकित्सकहरू फरार भएको बताए।
एउटा आँखा गुमाएका सिंहले यसविरुद्ध कारबाई प्रक्रिया अगाडि बढाउने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here