प्रस, पोखरिया, २१ फागुन/
पर्साको पोखरिया नगरपालिका र बाराको बारागढी गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटी उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा दुईजना महिलासहित १२५ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए।
पोखरियामा नेपाल विद्युत् प्राधिकरण, सशस्त्र प्रहरी, नेशनल माइक्रो फाइनान्स र पोखरिया नगरपालिकाको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ८३ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्रका प्रमुख उदयराज शर्माले बताए।रक्तदान कार्यक्रममा अनिल गिरी, जनार्दन गिरी, रमाकान्त महतो, बृजेश साह कानू, प्रमेन्द्र थारू, उमेश चौहान, प्रभात पटेल, हरिकिशोर चौहान, धीरेन्द्र यादव, अजय यादवलगायतले रक्तदान गरेको प्रमुख शर्माले जानकारी गराए।
उपशाखाका सभापति भगवान्प्रसाद कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य प्रह्लाद गिरी, नगरप्रमुख दीपनारायण रौनियार, संविधानसभा सदस्य रामेश्वर रौनियार, ललन द्विवेदीलगायतको सहभागिता थियो।
यसैगरी, बारागढी नगरपालिकामा नेपाल रेडक्रस सोसाइटी बारागढी उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा दुईजना महिलासहित ४२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजकी प्राविधिक डिल्लीमाया घिमिरेले बताइन्।
रक्तदान गर्नेहरूमा गीता राम, गोमा विष्ट, राजकिशोर चौधरी, भुपेन्द्र बैठा, हिम्मत मास्के, देवनारायण चौधरी, जितेन्द्र साह, जितेन्द्र राम, लोप्चन यादवलगायत रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here