प्रस, वीरगंज, २१ फागुन/
बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लामा रहेका समस्याहरूलाई कानूनबमोजिम समाधान गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।
जिल्ला प्रशासन कार्यालय, बारामा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा प्रजिअ पौडेलले आफ्नै सबै कामकारबाईहरू कानूनको परिधिभित्र रहेर हुने बताए। उनले आफूले यो गर्छु, त्यो गर्छु भन्दा पनि प्राथमिकतामा कानूनलाई राखेर काम गर्ने बताए। उनले आफ्नो कार्यकालमा सुशासनको अनुभूति दिलाउने प्रतिबद्धता पनि जाहेर गरे। प्रजिअ पौडेलले भने, “मेरो कामकारबाईबाट तपाईंहरू खुशी हुनुहुनेछ र सन्तुष्टि प्रकट गर्नुहुनेछ।”