प्रस, वीरगंज, २० फागुन/
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले बिहीवार वृक्षरोपण गरेको छ। आदर्शनगरलाई ग्रीन बनाउने अभियान अन्तर्गत १८औं चरणको कार्यक्रममा आज नेपाल राष्ट्र बैंकको उत्तरतर्फको फूटपाथदेखि ठाकुर राम बहुमुखी क्याम्पसअगाडि श्रीसिया पुलसम्म ८० वटा बिरुवा रोपिएको ग्रीन सिटीका अध्यक्ष प्रकाश खेतानले बताए। नगरप्रमुख विजयकुमार सरावगी, प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, नेपाल पत्रकार महासङ्घ पर्साका सचिव युवराज खड्का, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईं, प्रनि सुमन कार्की, दीपक साह, सरोज प्रजापति, ग्रीन सिटीका सञ्जय शर्मा, कविता खेतानलगायतको सहभागितामा वृक्ष्Fरोपण गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here