प्रस, सिम्रौनगढ, १८ फागुन/
सिम्रौनगढ नगरपालिका र आसपासका क्षेत्रमा अहिले अवैध घरेलु मदिरा उत्पादन गर्ने नयाँ भट्टीहरू सञ्चालनमा आएका छन्।फागु पूर्णिमालाई लक्षित गरेर सिम्रौनगढ नगरपालिका र आसपासमा सञ्चालित अवैध घरेलु मदिराभट्टीहरूमा उत्पादन बढाइँदैछ भने त्योसँगै नयाँ भट्टीहरू पनि सञ्चालनमा आएको स्थानीयले बताए। उनीहरूले सिम्रौनगढ नगरपालिकाको कचोर्वा, सिम्रौनगढ, खजानी, ठूलो इँटवाल र भारतीय सीमासँग जोडिएका क्षेत्र तथा जङ्गल क्षेत्रमा अहिले धमाधम नयाँ मदिराभट्टी सञ्चालनमा आएको बताए। खासगरी भारतमा मदिरा प्रतिबन्ध रहेको र फागु पूर्णिमामा यसको माग बढी हुने भएकोले अहिले सिम्रौनगढ क्षेत्रमा अवैध घरेलु मदिराभट्टी सञ्चालनमा आएर उत्पादन बढ्दैछ।
अवैध घरेलु मदिराभट्टी नियन्त्रणका लागि यो क्षेत्रमा प्रहरीले सक्रियता देखाउन सकेको छैन। यसै कारण यहाँबाट मदिरा तस्करीको माध्यमबाट भारत पु–याउने कार्य भइरहेको छ र बेलाबखत नेपाली मदिरा तस्करहरू पक्राउ पर्ने गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here