प्रस, जनकपुरधाम, १७ फागुन/
घरबारविहीन १२४ परिवारलाई सोमवार धनुषामा पक्की घर हस्तान्तरण गरिएको छ। जनता आवास कार्यक्रम अन्तर्गत दुर्ई कोठाको पक्की घर निर्माण गरेर हस्तान्तरण गरिएको हो।
सङ्घीय सरकारको आर्थिक लगानीमा प्रदेश नंं २ सरकारले घर निर्माण गरी प्रदेश नंं २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जीतेन्द्र सोनलले हस्तान्तरण गरिएको हो।
वर्षौंदेखि समस्यामा परेका जनकपुरधाम उपमहानगरपालिका वडा नंं २३ लादोवेला, विन्धी, बसहियाका अति दलित मुसहर जातिलाई घर हस्तान्तरण गरिएको हो। तयारी घर पाएपछि अति दलित समुदायले खुशी प्रकट गरे।
प्रदेश नंं २ का डोम, हलखोर, मुसहर तथा मेस्तरका ४ हजार घर निर्माण गरेर हस्तान्तरण गरिसकेको मन्त्री सोनलले बताए।
आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ दुर्ई आर्थिक वर्षमा धनुषा जिल्लामा ७ सय २४ जनासँग सम्झौता भएकोमा अहिलेसम्म २ सय ८१ वटा घरको निर्माण भएको र ४ सयवटा घर निर्माण जारी रहेको सो कार्यक्रममा जनता आवास कार्यक्रम धनुषाका संयोजक तथा प्रदेशसभा सदस्य परमेश्वर साहले जानकारी दिए।
धनुषाको बसहियामा निर्माणको क्रममा ३४ वटा घरमा अदालतमा मुद्दा परेकाले रोकिएको डिभिजन इन्जिनियर विनोद यादवले जानकारी दिए। आफूहरूको वर्र्षाैदेखिको पक्की घरमा बस्ने चाहना पूरा भएकोमा अत्यन्तै
खुशी भएको लादोवेलाका छटुट साले बताए।
सङ्घीय सरकारको कार्ययोजनामा परिमार्जन गरेर प्रदेश नंं २ सरकारले छानामा भएको बाँसको ठाउँमा फलामको पाइन, भुइँमा माटोको साटो इँटाको सोलिङ्ग गर्ने गरेको मन्त्री सोनलले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here