प्रस, जनकपुरधाम, १७ फागुन/
जनकपुरधाममा कुकुरले टोकेर एकजना बालिकाको ज्यान गएको छ। कुकुरले टोकेको केहीबेरमंै बालिकाको मृत्यु भएको हो।
जनकपुरधाम उपमहानगरपालिका वडा नं १ दर्जी टोल निवासी मोहम्मद अख्तरकी १२ वर्षीया छोरी सिमरन खातुनको कुकुरको टोकाइबाट मृत्यु भएको हो।
आइतवार राति करीब साढे १ बजे शौच गर्न घरबाहिर निस्केकी सिमरनलाई कुकुरले टोकेको थियो। कुकुरको टोकाइबाट निकै त्रसित बालिकाको भित्र प्रवेश गरेको केहीवबेरमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी गराएका छन्।
बालिकाको शव शल्यपरीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको प्रनाउ मिश्रले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here