वैकल्पिक वित्तको व्यवस्था गरी निजगढ विमानस्थल निर्माण गरिने

प्रस, निजगढ, १६ जेठ/ वर्तमान सरकारका अर्थमन्त्री विष्णु पौडेलले हिजो प्रस्तुुत गरेको बजेटमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने जनाइएको छ । अर्थमन्त्री पौडेलद्वारा प्रस्तुत बजेट भाषणमा वैकल्पिक वित्तको व्यवस्था गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने जनाइएको हो । २०८० कात्तिक २३ गते बसेको तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विमानस्थल निर्माण गर्ने निर्णय गरेपछि […]

महिला अधिकार दिवसमा र्‍याली

प्रस, पोखरिया, १६ जेठ/ ‘महिला अधिकारको सम्मानः आत्मनिर्भरता हाम्रो अभियान’ नाराका साथ सातौं राष्ट्रिय महिला अधिकार दिवस पोखरिया नगरपालिकामा शुक्रवार कार्यक्रम गरी मनाइएको छ । पोखरिया नगरपालिकाको आयोजनामा दिवसको उपलक्ष्यमा सचेतनामूलक र्‍याली निकालिएको थियो । पोखरिया नपा कार्यालयबाट निस्केको र्‍याली बजारपरिक्रमा गरी सोही ठाउँमा कोणसभा गरेर समापन भएको थियो । वडाध्यक्ष लक्ष्मणसाह कानूको अध्यक्षतामा भएको […]

ठोरीका विद्यालयमा शैक्षिक सामग्री वितरण

प्रस, ठोरी, १६ जेठ/ दीप नेपाल संस्थाले ठोरी गाउँपालिकाका दुईवटा सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । दुईवटा विद्यालयमा शुक्रवार छुट्टाछुट्टै कार्यक्रम गरी ४२ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको दीप नेपालका अध्यक्ष विष्णु सापकोटाले बताए । उनले ठोरी गापा–३ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ओडार र ठोरी गापा–४ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय […]

टर्कीमा पाँच हजार वर्ष पुरानो रोटी फेरि आयो

एस्किसेहिर (टर्की), १६ जेठ/एएफपी प्रारम्भिक कांस्य युगमा आजको मध्य टर्कीमा नयाँ निर्माण गरिएको घरको ढोकामुनि एउटा रोटीको टुक्रा गाडिएको थियो । अब पाँच हजार वर्षभन्दा बढी पछि पुरातत्त्वविद्हरू यसलाई खनेर निकालेका छन् र स्थानीय बेकरीलाई यसको रेसिपी पुनः सिर्जना गर्न मदत गरेका छन् । ग्राहकहरू यसलाई किन्न लाइनमा बसिरहेका छन् । गोलाकार र प्यानकेक जस्तै […]

जापानी समुद्री खाना आयात शुरू हुने अवस्थामा

बेइजिङ, १६ जेठ/एएफपी चीन र जापानले शुक्रवार आणविक फोहोर पानीको टोकियोको व्यवस्थापनलाई लिएर वर्षौंदेखिको विवाद अन्त्य गर्न नजीक पुगेको बताएका छन् । आणविक फोहोर पानीको टोकियोको व्यवस्थापनलाई लिएर बेइजिङले जापानी समुद्री खाना आयातमा प्रतिबन्ध लगाएको थियो । सन् २०२३ मा जापानले बिस्तारै फुकुसिमा आणविक संयन्त्रबाट प्रशोधन गरिएको फोहोर पानी प्रशान्त महासागरमा छोड्न थाल्यो । यस […]

१५ दिन अघि नै भित्रियो मनसुन

काठमाडौं, १६ जेठ/रासस नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले शुक्रवार विज्ञप्ति जारी गरी यस वर्षको मनसुन बिहीवार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको जनाएको छ । मनसुनका कारण कोशी प्रदेशका अधिकांश मौसम केन्द्रमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको विभागले जनाएको […]

‘पत्रकारिताको दिगो भविष्यका लागि कन्टेन्टमा मिहिनेत आवश्यक’

काठमाडौं, १६ जेठ/रासस प्रेस काउन्सिल नेपालले शुक्रवार आयोजना गरेको ‘विगतका पाठ र आजको प्रश्न’ शीर्षकको सम्पादक संवादमा सहभागी सम्पादक तथा पत्रकारहरूले पत्रकारिता क्षेत्रका समसामयिक चुनौती, प्रविधिको प्रभाव र पत्रकारिताको अभ्यासबारे आआफ्ना धारणा राखेका छन् । बा¥हखरी डटकमका प्रधानसम्पादक प्रतीक प्रधानले पत्रकारिताको मूल आधार सशक्त कन्टेन्ट भएको उल्लेख गर्दै माध्यम जस्तोसुकै भएपनि समाचारको गुणस्तर प्रधान हुनुपर्ने […]

एमालेले ६० हजार सदस्यलाई प्रशिक्षण दिने

प्रस, महोत्तरी, १६ जेठ/ नेकपा एमालेले मधेस प्रदेशका ६० हजार पार्टी सदस्यलाई प्रशिक्षण दिने भएको छ । एमाले मधेस प्रदेश समितिको आयोजना र केन्द्रीय पार्टी स्कूल विभागको सहयोगमा शुक्रवार बर्दिबासमा आयोजना गरिएको दुई दिने प्रदेश स्कूल सञ्चालनसम्बन्धी कार्यशालाको उपमहासचिव एवं केन्द्रीय स्कूल विभाग प्रमुख प्रदीप ज्ञवालीले उद्घाटन गरेका थिए । उनले सरकारले गरेका राम्रा कामका […]

एलएस न्युरो अस्पतालमा रक्तदान

प्रस, वीरगंज, १६ जेठ/ बारा जिल्ला परवानीपुर गाउँपालिका–५ नौतनस्थित एलएस न्यूरो एन्ड जेनरल हस्पिटलले शुक्रवार आयोजना गरेको रक्तदान कार्यक्रममा २२ जना महिलासहित ५२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक मनीष गुप्ताले बताए । रक्तसञ्चार केन्द्र वीरगंजमा रगत अभाव भएको सूचनाका आधारमा अस्पतालले रक्तदान कार्यक्रम आयोजना गरेर सघाएको अस्पताल प्रशासन प्रमुख विनोद पटेलले बताए । […]

जेहेन्दार विद्यार्थीहरू पुरस्कृत

प्रस, रौतहट, १६ जेठ/ रौतहट जिल्ला, मावि चिकना, जेठरहियामा लक्ष्मी देवी अक्षयकोषले जेहेन्दार विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । कार्यक्रममा लक्ष्मी देवीकी छोरा चन्दादाता विश्वनाथ पटेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसैगरी, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरू रामशरणराय यादव, रामपदार्थ साह, पुनीत सहनी, प्रेमशङ्कर राय, नन्दलाल राय यादव, स्थानीय रामश्रेष्ठ यादव, श्रीनारायण झा, […]

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्