प्रायः हामीले मानिसहरूलाई देखेका छौं होला कि उनीहरू छटपटी हुँदा खुट्टा हल्लाउन थाल्छन्, टेबल ठोक्न थाल्छन् वा हल्लिन, डुल्न थाल्छन् ।
र जब हामी बच्चा थियौं, हामीमध्ये केही साथी यस्ता थिए, जो बस्ने क्रममा खुट्टा हल्लाइरहने, शरीर झुलाइरहने, कुर्सीमा झुल्ने वा दिमाग कतै अन्तै छ जस्तो गरी पेन्सिलको रबर टोकिरहने बानीका लागि शिक्षक, अभिभावक वा घरका अरू सदस्यहरूबाट गाली नखाएका होऊन् वा कम्तीमा भनाइ नसुनेका होऊन् ।
यसको कारण के थियो भने यस्ता व्यवहारले यस्तो बुझिन्थ्यो कि हामी पढाइ वा कुनै काममा ध्यान दिइरहेका छैनौं । हाम्रो स्वभावमा केही समस्या छ वा अरूको ध्यान आफूतिर तान्न खोजिरहेका छौं । त्यसो त यस्ता व्यवहारलाई अङ्ग्रेजीमा ‘फिजेटिङ’ भनिन्छ । फिजेटिङबारे पहिले जुन धारणा बनाइएको थियो, अब त्यसलाई नयाँ दृष्टिकोणबाट हेर्नुपर्ने देखिन्छ किनकि फिजेटिङमाथि भएका नयाँ अनुसन्धानहरूले देखाएका छन् कि फिजेटिङ वा चञ्चलता वा चकचके स्वभावले स्वस्थ तौल कायम राख्न, तनाव नियन्त्रण गर्न र सम्भवतः लामो समयसम्म बाँच्न पनि सहयोग पु¥याउन सक्छ ।
लिड्स विश्वविद्यालयमा कार्यरत पोषणरोग विशेषज्ञ जेनेट केडले बिबिसीको कार्यक्रम ‘द इनफाइनाइट मन्की केज’को एउटा एपिसोडमा भाग लिंदै भनेकी थिइन्, “यदि हामी एकै ठाउँमा स्थिर बस्छौं भने यो हाम्रोलागि राम्रो होइन । तर बस्दाबस्दै हामी खुट्टा वा शरीर हल्लाइरहन्छौं भने वास्तवमा यसले हाम्रो स्वास्थ्यमा पर्ने नकारात्मक असरलाई कम गर्छ ।”
फिजेटिङ के हो ?
सामान्यतया फिजेटिड्ढो अर्थ हो– नर्भस भएर छटपटी गर्नु, तर इपसेन फाउन्डेशनका अध्यक्ष एवं मेयो क्लिनिकमा मेडिसिनका प्रोफेसर जेम्स लेवाइन भन्छन् कि यो शरीरको कुनै अङ्गको एक लयबद्ध गतिविधि हो, जुन हाम्रो मस्तिष्कबाट नियन्त्रित हुन्छ ।
फोर्टिस हेल्थकेयरमा नेशनल मेन्टल हेल्थ प्रोग्रामका अध्यक्ष डा समीर पारिखको धारणा केही फरक छ । उनका अनुसार फिजेटिङलाई राम्रो वा नराम्रो भन्नु ठीक होइन । बिबिसीसँगको कुराकानीमा उनले भने, केही अवस्थामा फिजेटिङले हाम्रो कार्यक्षमता घटाउँछ, गलती हुने सम्भावनालाई बढाउँछ । डा पारिखका अनुसार यो कुनै शारीरिक रोगको लक्षण पनि हुन सक्छ । उनी भन्छन्, “केही मानिसहरूका लागि फिजेटिङ फाइदाजनक पनि हुन सक्छ । तर यसलाई आधार बनाएर हामी यस्तो सामान्य निष्कर्ष निकाल्न सक्दैनौं कि फिजेटिङ कुनै रोगको सङ्केत हो वा लाभदायक हो ।”
फिजेटिङबारे फरक मत
मुम्बईस्थित मनोरोग चिकित्सक डा रुक्षिदा सैøयदा पनि फिजेटिङबारे भएका अनुसन्धानहरूसँग पूर्णरूपमा सहमत छैनन् ।
बिबिसीसँगको कुराकानीमा उनले भनिन्, “जुन बालबालिकालाई खेल्ने समय हुँदैन वा खेल्न पर्याप्त स्थान हुँदैन, तिनीहरूको क्रियाकलाप फिजेटिङजस्तै देखिन्छ ।”
उनका अनुसार फिजेटिङलाई धेरै भागमा विभाजन गर्न सकिन्छ । यो हाम्रो सामान्य बानी पनि हुन सक्छ । तर यसको पनि सम्भावना हछ कि हामी कुनै रोगको शिकार हुन सक्छौं र यो पनि सम्भव छ कि हाम्रो फिजेटिङ अत्यन्तै उत्पादक हो । त्यसैले फिजेटिङलाई कुनै एउटा लेबलमा राख्नु उचित हुँदैन ।
मोटोपनसँगको लडाइँ र फिजेटिङ
सन् १९७५ यता विश्वभर मोटोपन भएका व्यक्तिहरूको सङ्ख्या तीन गुणा बढेको छ । यसको एक कारण हो– हाम्रो काम गर्ने तरीका । कामको क्रममा हामी घण्टौंसम्म कुर्सीमा बसिरहन्छौं, जसले हाम्रो शरीरको मेटाबोलिजमलाई सुस्त बनाउँछ । यसले शरीरको, रगतमा चिनी र रक्तचाप नियन्त्रण गर्ने, क्षमतामा असर गर्छ । साथै शरीरमा भएका बोसो हटाउन पनि यो बाधक हुन्छ ।
तर अहिले प्रमाणहरू भेटिन थालेका छन् कि फिजेटिङले हामीलाई तौल घटाउनमा सहयोग पु¥याउन सक्छ, किनकि यसले एकै ठाउँमा स्थिर भएर बस्नुभन्दा शरीरलाई चलायमान रहन उत्प्रेरित गर्छ ।
लेवाइनले एक अनुसन्धानमा फेला पारे कि कार्यालयमा काम गर्ने दुब्ला–पतला मानिसहरूमा बढी चकचकेपन र चञ्चलता देखिन्छ । उनीहरू मोटा व्यक्तिका तुलनामा बढी समय उभिन्छन् र दिनभरमा करीब दुई घण्टा आफ्नो स्थानबाट हिंडुल गर्छन् ।
उनी भन्छन्, खुट्टा हल्लाइरहने जस्ता सामान्य फिजेटिङले शरीरमा भएको अत्यधिक ऊर्जा जलाउन सहयोग गर्छ ।
एक सानो अध्ययनमा २४ जनाको फिजेटिङ गतिविधिमा कति ऊर्जा खर्च भयो भन्ने मापन गरियो । पत्ता लाग्यो कि जो व्यक्ति स्थिर भएर बस्छन्, उनीहरूको तुलनामा फिजेटिङ गर्नेहरूले २९ प्रतिशत बढी क्यालोरी जलाउँछन् ।
यसबाट थाहा भयो कि फिजेटिङले शरीरको ऊर्जा सन्तुलनमा सहयोग पु¥याउँछ, तर यो आफूलाई फिट राख्नका लागि व्यायामको विकल्प भने होइन ।
हाम्रो तौल नियन्त्रण गर्नेबाहेक फिजेटिड्ढा अन्य फाइदाहरू पनि छन् । यो हाम्रो मस्तिष्कका लागि पनि लाभदायी हुन सक्छ ।
डा सैøयदाका अनुसार फिजेटिङबाट मोटोपन कम हुन सक्छ भन्ने कुरा शायद कुनै पनि चिकित्सकले सीधा सल्लाह दिंदैनन् ।
उनी भन्छिन्, “फिजेटिङ र शारीरिक क्रियाकलापबीच ठूलो फरक हुन्छ, र यसमा कुनै शङ्का हुनुहुँदैन कि व्यायामको विकल्प फिजेटिङ हुन सक्दैन ।
के फिजेटिङले आयु बढाउFछ ?
हालसम्म कुनै ठोस प्रमाण छैन कि फिजेटिङले हाम्रो आयु बढाउँछ, तर विशेषज्ञहरू भन्छन् कि लगातार हुने तनावले जीवन छोटो हुन सक्छ ।
जानकारहरूका अनुसार सधैं स्थिर बसेर काम गर्दा मुटुरोगको जोखिम दुई गुणाले बढ्छ । यसबाट मधुमेह, मोटोपन, डिप्रेसन र चिन्ता पनि बढ्न सक्छ । यस्ता जोखिमबाट जोगिन फिजेटिङ उपयोगी हुन सक्छ ।
फिजेटिङले हामीलाई तनाव कम गर्न सहयोग गर्छ । एउटा अध्ययनमा ४२ जनालाई तनावपूर्ण स्थितिमा राखियो ।
उनीहरूलाई रोजगारको लागि अन्तर्वार्ताजस्तो स्थितिमा राखियो र त्यसपछि दुईजनाको अगाडि मानसिक गणनासम्बन्धी कार्य दिइयो ।
यो अध्ययन गर्ने अनुसन्धानकर्ताहरूले पत्ता लगाए कि जो व्यक्ति फिजेटिङ व्यवहार गर्थे–जस्तै आङ चिलाउने, ओठ टोक्ने, अनुहार छुने–उनीहरूलाई यो सारा प्रक्रिया कम तनावपूर्ण लाग्यो ।
लामो समयसम्म बस्दा शरीरलाई हुने जोखिमहरू घटाउनमा पनि फिजेटिङ उपयोगी हुन सक्छ ।
अनुसन्धानमा भेटियो कि बस्दाबस्दै खुट्टा हल्लाउँदा खुट्टाका नलीहरू (धमनी) सुरक्षित रहन्छन् र धमनीसम्बन्धी रोग हुने सम्भावना कम हुन्छ ।
फिजेटिङलाई पहिले जति नकारात्मक मानिन्थ्यो, अहिले विभिन्न स्वास्थ्यसम्बन्धी अनुसन्धानले यस कार्यलाई सकारात्मक मानिरहेका छ । यदि हाम्रो यस्तो बानी हाम्रो स्वास्थ्यका लागि लाभदायी छ भने यसलाई निरन्तर गर्नुपर्छ ।
उनी भन्छन् कि लामो समय एउटै स्थान र एउटै स्थितिमा बस्नबाट जोगिनुपर्छ, र फिजेटिङले यसबाट मुक्ति दिलाउँछ, जसले तपाईंको स्वास्थ्यमा ठूलो सकारात्मक असर पार्छ ।
लेवाइन भन्छन्, “यदि हामीले शरीरका स्वाभाविक गतिविधिहरूलाई स्वतन्त्ररूपमा गर्न दियौं भने सम्भावना बढी हुन्छ कि हामी स्वस्थ, खुशी र दुब्लो हुनेछौं, र वास्तवमा भन्नुपर्दा, हामी लामो समय बाँच्नेछौं ।”
डा समीर पारिख र डा रुक्षिदा सैøयद दुवैको विश्वास छ कि फिजेटिङले हामीलाई फाइदा गर्छ वा गर्दैन भन्ने विषयमा पक्कारूपमा केही भन्न सकिंदैन । तर यदि कुनै व्यक्तिले फिजेटिङ गर्छ भने, त्यसलाई लिएर पूर्वाग्रही धारणा बनाउनु पूर्णतः गलत हो । स्रोतः बिबिसी