साइबर स्टकिङबाट युवतीहरू कसरी बच्ने

वर्तमान समयमा युवतीहरू जहाँ भएपनि सुरक्षित छैनन्, यदि उनीहरू घरमैं बसे पनि इन्टरनेटमार्फत उनीहरूलाई पछ्याइएको हुन सक्छ, यस्तो अवस्थामा सानो सावधानीले पनि सुरक्षा दिन सक्छ ।

आजको डिजिटल युगमा सामाजिक सञ्जाल र इन्टरनेटले जहाँ सम्पर्क सजिलो बनाएको छ, त्यहाँ अनलाइन स्टकिङ जस्ता समस्याहरू पनि बढेका छन् । विशेषगरी युवतीहरूका लागि, यो गम्भीर विषय हो, किनभने नचाहिएका सन्देशहरू, बारम्बार फोन, वा सम्बन्धको प्रस्तावले उनीहरूको गोपनीयता र मानसिक शान्तिमा असर पार्न सक्छ । साइबर स्टकिङबाट जोगिन र अनावश्यक सम्बन्धको निम्तोबाट टाढा रहनका लागि केही महŒवपूर्ण उपायहरू अपनाउन सकिन्छ ।

१. सामाजिक सञ्जाल प्रोफाइल सुरक्षित राख्नुहोस्
आफ्नो सामाजिक सञ्जाल खाता निजी (प्राइभेट) राख्नुहोस् । फेसबूक, इन्स्टाग्राम वा अन्य प्लेटफर्महरूमा केवल आफूले व्यक्तिगतरूपमा चिनेका मानिसहरूको मात्र अनुरोध स्वीकार गर्नुहोस् । फोन नम्बर, ठेगाना वा जन्ममिति जस्ता व्यक्तिगत विवरणहरू सार्वजनिक नगर्नुहोस् । प्रोफाइल फोटो र पोस्टहरू सीमित व्यक्तिहरूसँग मात्र साझा गर्नुहोस् ।

२. अपरिचित व्यक्तिसँग संवाद नगर्नुहोस्
अपरिचित व्यक्तिहरूसँग च्याट नगर्नुहोस् वा सन्देशको जवाफ दिनबाट टाढा रहनुहोस् । यदि कसैले नचाहिएको सन्देश पठाउँछ भने तुरुन्तै उसलाई ब्लक गर्नुहोस् । सामाजिक सञ्जालमा ‘रिलेसनशिप’ वा ‘फ्रेन्डशिप’को बहानामा कुरा गर्न खोज्नेहरूसँग सजग रहनुहोस् । यस्ता व्यक्तिहरूले प्रायः व्यक्तिगत जानकारी बटुल्ने प्रयास गर्छन् ।

३. गोपनीयता सेटिङ प्रयोग गर्नुहोस्
सामाजिक सञ्जाल र म्यासेजिङ एप्सहरूको प्राइभेसी सेटिङ नियमितरूपमा जाँच गर्नुहोस् । ह्वाट्सएपमा ‘लास्ट सीन’, प्रोफाइल फोटो र स्टाटसलाई “इलथि ऋयलतबअतक” मा राख्नुहोस् । अपरिचित नम्बरबाट फोन वा सन्देश आएमा त्यसलाई बेवास्ता गर्नुहोस् र आवश्यक परेमा ब्लक गर्नुहोस् । साथै अपरिचित भिडियो कल कहिल्यै नउठाउनुहोस्, किनभने यसले ब्ल्याकमेलिड्ढो रूप लिन सक्छ ।

४. व्यक्तिगत कुरा शेयर नगर्नुहोस्
स्टकर्सले साना जानकारीहरूमार्फत तपाईंलाई ट्र्याक गर्ने प्रयास गर्छन् । उदाहरणका लागि, तपाईं आज कुन इभेन्टमा जान लागिरहनुभएको छ भन्ने जानकारी कहिल्यै नदिनुहोस् । साथै डेटिङ एप्सको प्रयोग नगर्नुहोस्, र अपरिचित व्यक्तिसँग भेटघाट गर्नु अघिका सम्पूर्ण जानकारी सुनिश्चित गर्नुहोस् । सुनसान ठाउँमा कसैसँग पनि नजानुहोस् ।

५. साइबर अपराधको उजूरी गर्नुहोस्
यदि कुनै व्यक्तिले बारम्बार दुःख दिन्छ वा धम्की दिन्छ भने तुरुन्तै साइबर क्राइम सेलमा उजूरी गर्नुहोस् । नेपालमा पनि साइबर अपराधका उजूरी जिल्ला प्रहरी कार्यालय, साइबर ब्युरो वा नजीकको प्रहरी चौकीमा गर्न सकिन्छ । स्क्रिनशट, सन्देश र कल विवरणहरू प्रमाणको रूपमा सुरक्षित राख्नुहोस् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्