प्रस, पंचगावाँ ५ जेठ/
पर्सा जिल्लाका छुट्टाछुट्टै स्थानमा दुईजना महिलाले झुन्डिएर आत्महत्या गरेको घटना सार्वजनिक भएको छ ।
पटेर्वासुगौली गाउँपालिका–१ कञ्चनपुर निवासी १८ वर्र्षीया सहिना खातुनले आफ्नो घरको काठको फलेकमा सलको पासो लगाइ झुन्डिएर आत्महत्या गरेकी छन् । घटनाको कारण भने खुलेको छैन ।
त्यस्तै, वीरगंज महानगरपालिका–३१ बेल्वामा एकजना महिलाले आत्महत्या गरेकी छन् । जयलाल माझीकी पत्नी ३५ वर्षीया लालसादेवी माझीले आफ्नै घरदेखि करीब ५०० मिटर पश्चिममा रहेको आँपको रूखको हाँगामा सलको पासो लगाइ झुन्डिएर आत्महत्या गरेकी छन् ।
दुवै घटनाबारे स्थानीय प्रहरी अनुसन्धान अगाडि बढाएको जनाएको छ । आत्महत्याको कारण खुल्न बाँकी रहे पनि प्रारम्भिक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।