प्रस, वीरगंज, १ जेठ/
अखिल भारतीय मारवाडी महिला सम्मलेन आयोजनामा रक्सौलको सत्यनारायण मारवाडी पञ्चायती मन्दिर परिसरमा बिहीवार निश्शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।
सो शिविरमा वीरगंजको किरण आँखा अस्पतालले प्राविधिक सहयोग गरेको थियो । शिविरमा बालबालिकादेखि वृद्धवृद्धासम्म ३६० जनाको आँखाको चेकजाँच गरिएको डा अमर क्यालले बताए । जाँचको क्रममा औषधि र चश्मा पनि निश्शुल्क वितरण गरिएको थियो । कार्यक्रममा महिला सम्मेलनकी अध्यक्ष सोनु काबरा, पूर्वअध्यक्ष वीणा गोयल, सचिव सङ्गीता धानोडिया, रचना रूँगटा, सुशीला धानोडिया, सीमा अग्रवाल, शिवकुमार केशान, राजकुमार अग्रवाल, सीताराम गोयल र विमल सर्राफ, विमल रूँगटालगायतको सहभागिता थियो ।
शिविरमा डा क्यालले आँखा मानव शरीरको अति संवेदनशील अङ्ग भएकोले यसको नियमित जाँच आवश्यक रहेको बताए ।