‘केपी ओली कप’ गण्डकीको पोल्टामा

कास्की, ५ वैशाख/रासस

पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय खुला पुरुष क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजले जितेको छ ।

पोखरा र·शालाको क्रिकेट मैदानमा शुक्रवार सम्पन्न फाइनल खेलमा सिइसी काठमाडौंलाई पाँच विकेटले हराउँदै घरेलु टोली गण्डकी विजेता बन्यो । प्रतियोगिताको पहिलोपटक उपाधि जितेको गण्डकीले रु १० लाखसहित ट्रफी पुरस्कार पाउँदा उपविजेता काठमाडौंले रु पाँच लाख र ट्रफी पुरस्कार पायो ।

फाइनल खेलमा जीतका लागि १८३ रनको विजयी लक्ष्य पाएको गण्डकीले १७ ओभरको तेस्रो बलमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गर्न सफल भयो । गण्डकीका वसन्त कार्की २७ र नारायण जोशी १३ रनमा अविजित रहँदै टोलीलाई जीत दिलाए । वसन्तले १७ बलमा तीन छक्का प्रहार गरे भने नारायणले १० बलमा एक छक्का प्रहार गरे । किरण ठगुना ५२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेल्दै बाहिरिए ।
काठमाडौंका लागि दीपेन्द्र रावतले तीन विकेट लिंदा मनोज यादव र सूर्य तामाङले समान एक/एक विकेट लिए । त्यस अघि टस जितेर ब्याटिङ थालेको काठमाडौंले १९ ओभरको चौथो बलमा सबै विकेट गुमाउँदै १८२ रन बनाएको थियो । अर्जुन घर्ती ६८ रनको उत्कृष्ट पारी खेल्दै क्याच आउट हुन पुुगे ।

पृथु बाँस्कोटाले अर्धशतकीय पारी खेल्दै आउट भए । शिवम तिवारीले २३ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अड्ढ जोड्न सकेनन् । गण्डकीका लागि अमृत गुरुङ र कृष्ण पौडेलले समान तीन÷तीन विकेट लिए भने विपिन खत्री र मिलन बोहोराले दुई/दुई विकेट हात पारे । प्रतियोगितामा काठमाडौंका दीपेन्द्र रावत ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित हुँदै रु ३० हजार पुरस्कार पाए । उत्कृष्ट ब्याटर अत्तरियाका विपिन रावल र उत्कृष्ट बलर लुुम्बिनीका अजयकुमार चौहान घोषित हुँदै समान रु २० हजार पाए । प्रतियोगिताका विजेता खेलाडीलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलगायतले पुरस्कार वितरण गरे ।

गत चैत २३ गतेदेखि शुरू भएको प्रतियोगितामा कुल १६ टीमको सहभागिता थियो । प्रतियोगितामा बाग्मती प्रदेशबाट चार र अन्य प्रदेशबाट दुई/दुई वटा टोलीको सहभागिता थियो । मदन भण्डारी स्पोट्र्स एकेडेमीले एकेडेमीका संस्थापक प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नाममा गत वर्षदेखि प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यस अघिको पहिलो संस्करणको उपाधि मधेस प्रदेशले जितेको थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्