सुग्रीव साह, भिस्वा, २७ माघ/
बुडगाईं प्रहरी चौकी नजीक रहेको भारतीय सीमावर्ती क्ष्Fेत्र बलथर थाना अन्तर्गतको सर्कियाटोलामा माघ २४ गते रिजवान खातुनको हत्यामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाबारे अनुसन्धानबाट रिजवान खातुनको हत्या निजकै पतिबाट भएको र त्यसलाई अतिरञ्जित बनाइएको प्रहरीले दाबी गरेको छ । पहिलो चरणमा रिजवानको हत्या सम्बन्धमा प्रहरीलाई झुक्याउन पत्नीको गोली हानी भएको र आपूmमाथि पनि अज्ञात समूहले गोली प्रहार गरेको रिजवानका पति मुमताज गद्दीले सञ्चारमाध्यममार्पmत बाहिर ल्याएका थिए ।
प्रहरीले यसबारे अनुसन्धान शुरू गरेको र शल्यक्रिया रिपोर्टपछि मात्र घटना बाहिरिएको बलथर थानाका प्रहरीले जानकारी गराएका छन् । प्रारम्भिक अनुसन्धानमा घटनालाई अतिरञ्जित पारिएको कारण पुष्टि हुन सकेको थिएन । यसबारे प्रहरीले प्रशिक्षित कुकुरको पनि प्रयोग गरेको थियो । तर शल्यक्रियाबाट हत्या परिवारको सदस्यहरूबाट गरिएको कुरा बाहिरिएपछि पति मुमताजलाई पक्राउ गरिएको र केरकारबाट उनले अपराध स्विकार गरेको प्रहरीले दावी गरेको छ ।
बलथर प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा तीनजनालाई पक्राउ गरेको र यसबारे थप अनुसन्धान भइरहेको बताएको छ । मुमताज मदिरा र लागू औषध तस्कर भएको र प्रहरीले निजको घर खानतलाश गर्दा चार किलो चरेस बरामद भएको बलथर प्रहरीको दाबी छ । बलथर प्रहरीले मुमताज गद्दीले भाइको सहयोगमा पत्नीको हत्या गरेको र हत्यामा प्रयोग भएको सामग्री लुकाउन नेपालका एकजना अपराधीको सहयोग लिएको जनाएको छ ।
यो घटनामा सीमावर्ती क्ष्Fेत्र नेपालका एकजना अपराधीको पनि संलग्नता रहेको बलथर प्रहरीले दाबी छ । मुमताजको परस्त्रीसँग सम्बन्ध रहेको र यसै घटनालाई लुकाउन निजले पत्नी रिजवानको हत्या गराएको बलथर प्रहरीले दाबी गरेको छ ।