नारायणी अस्पतालको स्तरोन्नतिको लागि चिकित्सक सङ्घको ऐक्यबद्धता

प्रस, वीरगंज, २७ माघ/ नेपाल चिकित्सक सङ्घ नारायणी वीरगंजले नारायणी अस्पतालको स्तरोन्नतिका लागि चिकित्सकहरूले शुरू गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । सङ्घका अध्यक्ष डा मनोजकुमार गुप्ता र सचिव डा नौशाद हकले आइतवार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको ध्यानाकर्षण गराउँदै अस्पतालको स्तरोन्नतिको लागि अविलम्ब पहल गर्न आग्रह गरेका छन् । […]

पतिद्वारा पत्नीको हत्या, तीन पक्राउ

सुग्रीव साह, भिस्वा, २७ माघ/ बुडगाईं प्रहरी चौकी नजीक रहेको भारतीय सीमावर्ती क्ष्Fेत्र बलथर थाना अन्तर्गतको सर्कियाटोलामा माघ २४ गते रिजवान खातुनको हत्यामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धानबाट रिजवान खातुनको हत्या निजकै पतिबाट भएको र त्यसलाई अतिरञ्जित बनाइएको प्रहरीले दाबी गरेको छ । पहिलो चरणमा रिजवानको हत्या सम्बन्धमा प्रहरीलाई झुक्याउन पत्नीको […]

मालपोत कार्यालय, पर्साको कामकाज सञ्चालन

प्रस, परवानीपुर, २७ माघ/ भूमिसुधार तथा मालपोत कार्यालय, पर्सामा दुई सातापछि आज आइतवारदेखि काम सञ्चालन भएको छ । यस अघिका प्रमुख मालपोत अधिकृत डमरू निरौलाको माघ १४ गते सरुवा भएको र उनी माघ २५ गते शुक्रवार यहाँबाट बिदा भई गएपछि नयाँ आएका हाकिमले आजदेखि कार्यभार सम्हालेका छन् । यस अघि दुई सातादेखि मालपोत कार्यालय, पर्साको […]

जनमत पार्टीको जगरनाथपुरमा आँखा शिविर

प्रस, वीरगंज, २७ माघ/ जनमत पार्टी, पर्साले जगरनाथपुर गाउँपालिका–३ खलुचडीमा १५ औं निश्शुल्क आँखा शिविर सम्पन्न गरेको छ । शिविरमा १५९ जनाको आँखा चेकजाँच गर्दा ५४ जनामा मोतियाबिन्दु भेटिएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्पmले बताए । उनीहरूको वीरगंज सामुदायिक आँखा केन्द्रमा निश्शुल्क शल्यक्रिया गरिने बताए । जनमत पार्टी क्षेत्र नं. ४ का संयोजक बृजेश्वर […]

एक सातामा ३६ प्रतिशतले पर्सामा एचपिभी खोप लगाए

प्रस, वीरगंज, २७ माघ/ पर्सा जिल्लामा एचपिभी (ह्युमन पापिलोमा भाइरस)विरुद्ध खोप एक सातामा १३९५७ जनाले लिएका छन् । यही माघ २२ गतेदेखि पर्सा जिल्लामा एचपिभी खोप वीरगंज महानगर अन्तर्गत वडा नं १ देखि १६, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली गाउँपालिका र पर्सागढी तथा पोखरिया नगरपालिका गरी छवटा पालिकामा सञ्चालित छ । माघ २२ गतेदेखि २८ गतेसम्म पहिलो […]

घरेलु मदिरा नष्ट

प्रस, वीरगंज, २७ माघ/ जिल्ला प्रहरी कार्यालय, बाराले अमलेखगंजबाट ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ। नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय, अमलेखगंजबाट खटेको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजमा हेटौंडाबाट वीरगंज आउँदै गरेका विभिन्न सवारी साधन चेक जाँच गर्दा २५ पोका र पाँचवटा ग्यालेनमा रहेको ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट […]

सिम्रौनगढमा फागुन ४–६ गतेदेखि एचपिभी खोप अभियान

प्रस, सिम्रौनगढ, २७ माघ/ एचपिभी खोप अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रम आइतवार सिम्रौनगढ नगरपालिकाको सभाकक्षमा सम्पन्न भएको छ । पालिकास्तरीय खोप समन्वय समितिले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा खोप अभियान सिम्रौनगढमा फागुन ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने जानकारी गराइएको थियो । कार्यक्रममा पाठेघरको क्यान्सरको कारण, लक्षण रोकथामबारे सहभागीहरूलाई स्वास्थ्य संयोजक विजयशङ्कर ठाकुरले प्रशिक्षण दिएका थिए । नगरप्रमुख […]

वीरगंजमा प्राज्ञ–नारी काव्य सङ्गोष्ठी

राजेश मिश्र, वीरगंज, २७ माघ / नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य (काव्य/पद्य) विभाग र भोजपुरी प्रतिष्ठान, वीरगंजको सहकार्यमा आयोजित मधेस प्रदेशस्तरीय प्राज्ञ–नारी सङ्गोष्ठी शनिवार त्रिजुद्ध माविमा सम्पन्न भएको छ । मधेस प्रदेशको सातवटै जिल्लाबाट महिला कवियित्रीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा सप्तरीकी मिन्टू पटेलले, “जा ए मोबाइल इ तु का कइलु“ शीर्षकमा सुमधुर कविता प्रस्तुत गरिन् । […]