सफलताको मन्त्र

• अनन्तकुमार लाल दास

हरेक मानिसको सपना सफल हुन्छ । यसका लागि उनीहरू आआप्mनो तरीकाले प्रयास पनि गर्ने गर्दछन् । यसरी प्रयास गर्दा कोही सफल हुन्छ भने कोही असफल । तीमध्ये केही यस्ता मानिस पनि हुन्छन् जसले जे पनि गर्दा सफलता नै हात लाग्दछ भने केही यस्ता हुन्छन् जसले जे गर्दा पनि असफलता नै हात लाग्दछ । वास्तवमा भन्ने हो भने सफलताका धेरै कारणहरू हुन्छन् । जुन बेलासम्म हामी सफलताका लागि निर्धारित आधारहरूलाई पूरा गर्दैनौं त्यस बेलासम्म हामीले चाहेको जति सफलता हासिल गर्न सक्दैनौंं । प्रस्तुत आलेखमार्पmत यिनै आधारहरूमाथि चर्चा गर्न खोजिएको हो ।

सफलताका लागि सबैभन्दा महŒवपूर्ण तŒव हो–लक्ष्य । आज धेरै विद्यार्थीहरू असफल हुनुको प्रमुख कारण पनि विद्यार्थीहरूमा लक्ष्यको अभाव हो । धेरैजसो विद्यार्थीलाई लक्ष्य भनेको के हो भन्ने नै हुदैन । आज कुनै विद्यार्थीलाई ‘तपाईं के बन्न चाहनुहुन्छ’ सोधियो भने कसैले डाक्टर बन्छु, कसैले इन्जिनीयर बन्छु, कसैले शिक्षक बन्छु भन्छ । केही दिनपश्चात् यही प्रश्न सोधियो भने जवाफ परिवर्तन भएको पाउँछौं । एक वर्षपछि पुनः सोही प्रश्न सोधियो भने जवाफ फेरि अर्कै हुन्छ । तीमध्ये औंलामा गन्न सक्ने केही हुन्छन् जसको जवाफमा भिन्नता हुँदैन । एउटा सफल र एउटा असफल विद्यार्थीमा यही फरक हुन्छ । असफल हुने विद्यार्थीहरूको लक्ष्य सधैं परिवर्तन भइरहन्छ । त्यस्ता विद्यार्थीहरूको लक्ष्य कहिल्यै पनि स्थिर रहँदैन । यसको ठीक विपरीत सफल विद्यार्थीहरूको लक्ष्य सधैं दृढ हुने गरेको छ । ऊ आप्mनो लक्ष्य कहिल्यै पनि परिवर्तन गर्दैन । महाभारतका पात्र अर्जुन जस्तै उसलाई मात्र उसको लक्ष्य सधैं देखापर्छ । यसबाहेक उसले केही पनि हेर्दैन । यसबाट के प्रस्ट हुन्छ भने असफलताको प्रमुख कारण सुनिश्चित लक्ष्य नहुनु हो । यस कारण विद्यार्थीहरूले सबैभन्दा पहिले आप्mनो लक्ष्य निर्धारण गर्नुपर्छ ।

लक्ष्यको चयन एउटा महŒवपूर्ण प्रक्रिया हो, किनभने हामीले सोचेको जे पनि कुरा लक्ष्य होइन । धेरै असफल विद्यार्थी, ती हुन्, जोसँग आप्mनो लक्ष्य हुँदैन । त्यस्ता विद्यार्थीहरू अरूको देखासिकी गर्छन् । उनीहरूले प्रायः आप्mनो समाज वा साथीहरूको देखासिकी गर्छन् । यीमध्ये धेरैजसो यस्ता विद्यार्थी हुन्छन् जो अरूको सुख–सुविधाबाट प्रभावित वा आकर्षित भएर त्यसलाई नै आप्mनो लक्ष्य सम्झछन् र त्यसलाई प्राप्त गर्न अलिकति असजिलो हुना साथ कुनै अन्य काम गर्न थाल्छन्, चाहे त्यो राम्रो काम होस् वा नराम्रो ।

अरूलाई देखेर त्यस्तै बन्ने इच्छा राख्नु गलत होइन, तर महŒवपूर्ण के हो भने के साँच्चीकै म त्यस्तै बन्न चाहन्छु वा के यो मेरो आप्mनो चाहना हो ? के यसका लागि म जे पनि गर्न तयार छु ? विद्यार्थीहरूले भावुकता वा प्रलोभनमा परेर कहिल्यै पनि लक्ष्य निर्धारण गर्नु सही होइनस किनभने उधारो लक्ष्य कहिल्यै पनि आप्mनो हुन सक्दैन । लक्ष्य त्यो हो जसलाई प्राप्त नगरुन्जेल हामी एकनासले परिश्रम गरिरहन्छौं । यसका लागि विद्यार्थीहरूले सबैभन्दा पहिले आपूmलाई बुझ्नुपर्छ ।

लक्ष्य निर्धारण गर्दा विद्यार्थीहरूले आप्mनो वास्तविकताबाट परिचित हुनुपर्छ । उनीहरूले आआप्mनो क्षमता, रुचि र परिस्थितिलाई ध्यानमा राखी मात्र आप्mनो लक्ष्य चयन गर्नुपर्छ । यी तीनै पक्षमध्ये कसैलाई पनि उपेक्षा गर्नु सही हुँदैन, किनभने तीनवटै पक्ष अति नै महŒवपूर्ण छन् । धेरैजसो असफल विद्यार्थीलाई आप्mनो क्षमताको ज्ञान हुँदैन । उदाहरणका लागि हाम्रो क्षमता ५० केजी वजन बोक्न सक्ने छ भने ८० केजी वजन उठाउनुको अर्थ व्यर्थमा ऊर्जा र समय खेर फाल्नु हो । यदि लक्ष्य रुचि अनुसार भएन भने पनि सफलता हात लाग्दैन । उदाहरणका लागि कुनै विद्यार्थीको रुचि कमर्समा छ तर आमाबुवाको चाहना अनुसार उसलाई साइन्स पढ्नुपरिरहेको छ भने उसले सफलता हासिल गर्ला भन्ने कुरामा यकीन गर्न सकिन्न । त्यस्तै परिस्थिति अनुकूल यदि उसले विषय रोज्दैन अर्थात् समयको माग वा आप्mनो पारिवारिक स्थिति अनुकूल पढाइमा ध्यान दिंदैन भने सफलता हात लाग्दैन । यस कारण विद्यार्थीहरूले आप्mनो क्षमता, रुचि र परिस्थिति अनुकूल लक्ष्य चयन गर्नुपर्छ । यसका लागि उनीहरूले शिक्षक, आमाबुवा वा अन्यसँग सल्लाह लिन सक्छन् तर अन्तिम निर्णय उसको आप्mनै हुनुपर्छ ।

असफलताको अर्को महŒवपूर्ण कारण यथार्थ सोचको अभाव पनि हो । धेरैजसो विद्यार्थी प्रायः बेकारको कल्पना गरिरहन्छन्, जसको कुनै आधार हुँदैन । यस्ता विद्यार्थीहरू वास्तविकता नबुझेर भूल गर्ने गर्दछन् । धेरैले वास्तविकताको उपेक्षा नै गर्छन् । उनीहरूले आपूmसँग ठूला अपेक्षा राखेका हुन्छन् जसलाई पूरा गर्न उनीहरूका लागि प्रायः सम्भव हुँदैन । उनीहरू भ्रममा हुन्छन् । यस कारण उनीहरूले यसो गर्न सक्दैनन् भन्ने कुरा स्वीकार नै गर्दैनन् । यस्ता विद्यार्थीहरू अरूको अनुभव वा आप्mनो असफलताबाट पनि केही सिक्दैनन् । यस्ता विद्यार्थीहरू नै आप्mनो सानोभन्दा सानो काम पनि गर्दैनन् र सधैं आप्mनो हृदयमा निराशा लिएर बस्छन् ।
सफलता प्राप्त गर्नका लागि व्यावहारिक हुनु नितान्त आवश्यक छ । व्यावहारिक हुनुको अर्थ हो, आप्mनो वास्तविकतालाई बुझ्नु, त्यसलाई स्वीकार गर्नु र सोही अनुरूप काम गर्नु । व्यावहारिक त्यो हुन्छ जसलाई आप्mनो वास्तविकता अर्थात् क्षमताको सही ज्ञान हुन्छ । यस्ता विद्यार्थीहरू कल्पना वा भ्रममा होइन, आप्mनो काममा विश्वास गर्छन् । उनीहरूले आप्mनो कार्यको थालनी आज र तत्काल नै गर्छन् । कल्पना र भ्रममा बाँच्ने विद्यार्थी नै असफल हुने गरेका छन् । उदाहरणका लागि यस्ता विद्यार्थीहरू नियमित नपढेर परीक्षाको एक दिन पहिलेदेखि पढ्न थाल्छन् र असफल भएपछि सम्पूर्ण दोष आप्mनो शिक्षक वा विद्यालयलाई दिन्छन् तर वास्तविकतालाई स्वीकार गर्दैनन् । सत्य के हो भने हामी धेरै थोक गर्न सक्छौं तर यसका लागि पर्याप्त समय र परिश्रमको खाँचो पर्छ । यस कारण धेरै गर्न सक्ने काल्पनिक सोच र वास्तवमा केही नगर्ने नै विद्यार्थीहरू असफल बन्नुको कारण बन्छ ।

सफलताका लागि हाम्रो सोच गहिरो, दूरगामी र ठूलो हुनुपर्छ तर शुरूआत जहिले पनि यस्ता कामबाट गर्नुपर्छ जसलाई सजिलै पूरा गर्न सकियोस् । यसका लागि सबैभन्दा आवश्यक कुरो आप्mनो कार्ययोजनालाई साकार रूप दिनु हो । जसैजसै हामी अनुभव प्राप्त गर्दै जान्छौं, त्यही क्रममा हाम्रो विश्वास र कार्य पनि बढ्दै जान्छ । यस कारण विद्यार्थीहरूलाई यहाँनिर “कुनै पनि कार्य सानो हुँदैन” भन्ने सोच विकसित गर्नुपर्छ किनभने अधिकांश विद्यार्थी प्रायः त्यस्ता प्रश्नको हल खोज्न समयको हत्या गर्छन् जसलाई साधारण विद्यार्थीले बुझ्न नै सक्दैन । यही उनीहरूको असफलताको ठूलो कारण बन्दछ ।

कुनै पनि कार्य गर्नको लागि विद्यार्थीहरूले सबैभन्दा पहिले आपूmमाथि विश्वास गर्नुपर्छ किनभने आत्मविश्वासले सफलता पाइन्छ । आत्मविश्वासको शक्तिले गर्दा नै मानिसले असम्भवलाई पनि सम्भव गरेर देखाउँछ । वास्तवमा भन्ने हो जीवनमा प्राप्त ससाना सफलता नै हाम्रो आत्मविश्वासको आधार हुन्छ र यसै आधारलाई टेकेर हामी ठूल्ठूला काम पनि सजिलै गर्न सक्छौं । विद्यार्थी जीवनमा ससाना सफलताको ठूलो महŒव हुन्छ । सत्य त के हो भने सफलता र आत्मविश्वास एउटै सिक्काका दुई पाटा हुन् । एउटा बढेपछि अर्को आपैंm बढ्छ र एउटा घटेपछि अर्को आपैंm घटेर जान्छ ।

हाम्रो सोचको हाम्रो जीवनमाथि धेरै प्रभाव पर्ने गरेको मेरो अनुभवले देखाएको छ । यस कारण सकारात्मक सोच अति आवश्यक छ । सकारात्मक सोच भनेको परिस्थितिलाई स्वीकार गर्दै अगाडि बढ्नु हो । कुनै पनि परिस्थितिलाई चुपचाप स्वीकार गर्नु अर्थात् जे भइरहेको छ, ठीक भइरहेको छ भन्ने सकारात्मक शोध होइन । यो त कायरता हो । सकारात्मक सोच भनेको जस्तोसुकै परिस्थिति उत्पन्न भएपनि आपूmमाथि विश्वास गर्नु र आप्mनो विकासको लागि निरन्तर सङ्घर्ष गरिरहनु हो ।

नकारात्मक सोच धमिराजस्तै हुन्छ जसले हामीलाई भित्रैबाट खोक्रो बनाइदिन्छ । यसले हामीलाई कमजोर बनाइदिन्छ । कमजोर भएपछि ससाना कार्य पनि हामीलाई जटिल लाग्न थाल्छ । यस कारण विद्यार्थीहरूले नकारात्मक सोचबाट बच्ने प्रयास गर्नुपर्छ । सकारात्मक सोचको विकास विद्यार्थीहरूले सत्सङ्ग र स्वाध्यायबाट सजिलै गर्न सक्छन् । सकारात्मक सोचले विद्यार्थीहरूलाई विषम परिस्थितिसँग जुध्ने हौसला प्रदान गर्छ । यसको साथसाथै सकारात्मक सोचले लक्ष्यप्रति एकाग्रता, व्यावहारिकता, आपूmमाथि विश्वास गर्ने क्षमता, सही दिशामा कार्य गर्ने चाहना अर्थात् सही अर्थमा विद्यार्थीहरूलाई सफल बनाउँछ ।

भारतीय कवि हरिवंशराय बच्चनले आप्mनो कवितामा लेखेका छन्– “सफलता एक चुनौती है, इसे स्वीकार करो/क्या कमी रह गई, देखो और सुधार करो/जबतक ना सफल हो, नींद चैन को त्यागो तुम/युद्धका मैदान छोड मत भागो तुम बिना किए कुछ जयजयकार नहीं होती/कोशिश करने वालों की कभी हार नहीं होती ।”