गाँजासहित तीनजना पक्राउ

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २३ माघ/
जिल्ला प्रहरी कार्यालय, बाराले नौ किलो २०० ग्राम गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।

बुधवार बिहान प्रहरी कार्यालय, प्रसौनीका प्रहरी निरीक्षक सुरेशराज भट्ट नेतृत्वको टोलीले प्रसौनी गाउँपालिका–२ बजारटोलमा भलुहीतर्फ पैदल जाँदै गरेका प्रसौनी गापा–२ बस्ने वर्ष ५५ की रम्भादेवी मुखिया, वर्ष ३८ का जोगिन्द्र मुखिया र पर्सा जिल्लाको विन्ध्यवासिनी गापा–२ गर्दाैल बस्ने वर्ष ६० की ममतादेवी मुखियाको चेकजाँच गर्ने क्रममा गाँजासहित पक्राउ गरिएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराए । तीनैजनाले कम्मरमा गाँजा लुकाएर लैजाँदै गरेको अवस्थामा नौ किलो २०० ग्राम गाँजा बरामद गरिएको जिप्रका, बाराले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।