प्रस, वीरगंज, २३ माघ/
रौतहटको राजदेवी नगरपालिका–६ स्थित बाग्मती नदीमा सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा एकजना विद्यार्थीको डुबेर मृत्यु भएको छ । उनको शव १४ घण्टापछि फेला परेको थियो ।
वडा–७ मुडवलवाका २२ वर्षीय सुरज यादव मूर्ति विसर्जन गर्ने क्रममा मङ्गलवार साँझ डुबेर बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल बिओपी बेलबिछवा, प्रहरी चौकी बेलविछवा र नेपाली सेनाको वीर दल गणबाट खटेको संयुक्त टोलीले बुधवार बिहान १०ः१५ बजे मूर्ति सेलाएको स्थानबाट १०० मिटर दक्षिण बाग्मती नदीमा विद्यार्थीको शव फेला पारेको सशस्त्र प्रहरी रौतहटका प्रहरी उपरीक्षक विक्रम हुमागाईंले बताए ।
मृतक सुरज राजदेवी नगरपालिका–७ मुडवलवा निवासी एम प्रावि, कटरवनका प्रअ उमेश यादवको छोरा रहेको प्रहरीले जनाएको छ । सुरजको शव शल्यपरीक्षणका लागि प्रादेशिक अस्पताल गौर पठाइएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।