रवि लामिछानेविरुद्धको मुद्दामा चितवनलाई कुर्दै पर्सा प्रहरी

प्रस, वीरगंज, २३ माघ/ जिल्ला प्रहरी कार्यालय, पर्साले सानो पाइला सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका व्यक्तिहरूविरुद्ध अभियोगपत्र दर्ताको तयारी गरेको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका चार हजार ८०० मानिसले आप्mनो बचत रकम फिर्ता नभएको भनी दिएको उजूरीको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साले लामिछानेसहित करीब ३५ जनाविरुद्ध मुद्दा दर्ताको तयारी गरेको छ […]

पर्सामा चार हजार किशोरीले एचपिभी खोप लिए

प्रस, वीरगंज, २३ माघ/ नेपाल सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशव्यापी एचपिभी खोप अभियान हिजोदेखि शुरू गरेकोमा पर्सा जिल्लामा दुई दिनमा करीब चार हजार १०० बालिकाले एचपिभी खोप लगाएका छन् । स्वास्थ्य कार्यालय, पर्साले जनाए अनुसार हिजो एक हजार दुईजना र आज तीन हजार ११४ ले एचपिभी खोप लगाएका छन् । हिजो वीरगंज महानगर–१४ […]

सबैभन्दा बढी बालक हराउने सूचीमा बाग्मती, बालिका हराउने सूचीमा मधेस प्रदेश

प्रस, वीरगंज, २३ माघ/ देशभर बालकको तुलनामा बालिका हराउने क्रम बढ्दो छ । नेपाल प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको चालू आव २०८१/८२ को साउनदेखि पुस मसान्तसम्मको छ महीने तथ्याङ्क अनुसार देशभर सात प्रदेशमा तीन हजार ६९८ जना बालबालिका हराएकामा तीन हजार१०६ जना फेला परेको र ५९० जनाको खोजीकार्य जारी रहेको तथा दुईजनाको मृत्यु भएको छ […]

सोनाम ल्होछार भव्यताका साथ मनाइने

प्रस, निजगढ, २३ माघ/ निजगढ नगरपालिका–१० लालमा माघ २६ गते सोनाम ल्होछार २८६१ भव्यताका साथ मनाइने जानकारी दिइएको छ । नेपाल तामाङ घेदुुङ जिल्ला समन्वय समिति बाराले बुधवार निजगढमा पत्रकार सम्मेलन गरी खेम्पो धर्मगुरुलगायत लामा गुरुहरूबाट बिहानदेखि विधिवत् पूजाआजा गराइ आफ्नो धर्म, कला, संस्कृति, रीतिरिवाज, भाषा झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने नेपाल तामाङ घेदुङ […]

सखुवाप्रसौनीमा जनमतको आँखा शिविर

प्रस, वीरगंज, २३ माघ/ जनमत पार्टी, पर्साको १४औं निश्शुल्क आँखा चेकजाँच शिविर बुधवार सखुवाप्रसौनी गाउँपालिका–२ श्रीपुरमा सम्पन्न भएको छ । शिविरमा १७० जनाको आँखा चेकजाँच गरिएकामा ६८ जनामा मोतीबिन्दु देखिएको र उनीहरूको वीरगंज सामुदायिक आँखा तथा दाँत उपचार केन्द्रमा निश्शुल्क शल्यक्रिया हुने जनमत पार्टी, सखुवाप्रसौनीका अध्यक्ष देवेन्द्र रवानीले बताए । कार्यक्रममा वडा एकाइ अध्यक्ष जयभोले, […]

शिक्षकहरूद्वारा आन्दोलनका कार्यक्रम घोषणा

माधव तिमिल्सिना, ठोरी, २३ माघ/ पेशागत हकहितका निमित्त ऐक्यबद्धता जनाउँदै ठोरीका शिक्षकहरूले आन्दोलनका विभिन्न कार्यक्रमहरू घोषणा गरेका छन् । शिक्षक हकहितको निमित्त संसद्को जारी हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गराउन दबाब दिने उद्देश्यले ठोरीमा शिक्षकहरूको आन्दोलन परिचालन समिति गठन भएको छ । नेपाल शिक्षक महासङ्घ केन्द्रीय समितिले गरेको सर्कुलरबमोजिम नेपाल शिक्षक महासङ्घ, ठोरीका अध्यक्ष […]

रामुपाले फागुन १ गतेदेखि विरोध प्रदर्शन गर्ने

प्रस, वीरगंज, २३ माघ/ राष्ट्रिय मुक्ति पार्टी नेपालका संयोजक राजेश साहको अध्यक्षतामा बुधवार बसेको बैठकले फागुन १ गतेदेखि विरोधका कार्यक्रम गर्ने निर्णय गरेको छ । सो पार्टीको आज बसेको पहिलो बैठकले पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहानले माग सुनवाइ नगरेको भन्दै आगामी फागुन १ गतेदेखि विरोध प्रदर्शन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य निजामुद्दीन समानीले बताए । […]

गाँजासहित तीनजना पक्राउ

प्रस, वीरगंज, २३ माघ/ जिल्ला प्रहरी कार्यालय, बाराले नौ किलो २०० ग्राम गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । बुधवार बिहान प्रहरी कार्यालय, प्रसौनीका प्रहरी निरीक्षक सुरेशराज भट्ट नेतृत्वको टोलीले प्रसौनी गाउँपालिका–२ बजारटोलमा भलुहीतर्फ पैदल जाँदै गरेका प्रसौनी गापा–२ बस्ने वर्ष ५५ की रम्भादेवी मुखिया, वर्ष ३८ का जोगिन्द्र मुखिया र पर्सा जिल्लाको विन्ध्यवासिनी गापा–२ गर्दाैल […]

डुबेर विद्यार्थीको मृत्यु

प्रस, वीरगंज, २३ माघ/ रौतहटको राजदेवी नगरपालिका–६ स्थित बाग्मती नदीमा सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा एकजना विद्यार्थीको डुबेर मृत्यु भएको छ । उनको शव १४ घण्टापछि फेला परेको थियो । वडा–७ मुडवलवाका २२ वर्षीय सुरज यादव मूर्ति विसर्जन गर्ने क्रममा मङ्गलवार साँझ डुबेर बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल बिओपी बेलबिछवा, प्रहरी चौकी बेलविछवा […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।