जीर्ण विद्यालय भवन आफैं भत्कियो

प्रस, परवानीपुर, २२ माघ/ पर्सा जिल्ला छिपहरमाई गाउँपालिका–२ स्थित चेरगाहमा रहेको नवगावा माविको ३१ वर्ष पुरानो विद्यालय भवन भत्किएको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयले २०५१ सालमा निर्माण गरेको चार कोठे विद्यालय भवन मर्मतसम्भार नभएर जीर्ण अवस्थामा थियो । निर्माण कार्य आधा अधूरा रहेको सो चार कोठे भवनमा झ्याल, ढोका जडान गरिएको थिएन भने प्लास्टर […]

अपाङ्गलाई ह्वीलचेयर प्रदान

प्रस, वीरगंज, २२ माघ/ उपकार सेवा नेपालले मङ्गलवार वीरगंज महानगरपालिका–१ छपकैयामा दुईजना अपाङ्गलाई ह्वीलचेयर सहयोग गरेको छ । सामाजिक अभियन्ता प्रकाश थारूले हालै सो स्थानमा जनमत पार्टी, पर्साले आयोजना गरेको निश्शुल्क आँखा शिविरमा स्थानीय रञ्जन दास र श्यामनाथ तुराहा शारीरिकरूपमा पूर्ण अपाङ्ग भएका र उनीहरूको आर्थिक अवस्था पनि कमजोर भएकोले उपकार सेवा नेपालमार्फत ह्वीलचेयर सहयोग […]

विद्यार्थीलाई सुइटर सहयोग

प्रस, वीरगंज, २२ माघ/ जनमत पार्टी, पर्साका नेता बृजेश्वरप्रसाद चौधरीले जगरनाथपुर गाउँपालिकामा रहेको इस्मालिया दारुल कुरान मदर्सामा अध्ययनरत विद्यार्थीलाई सुइटर सहयोग गरेका छन् । मङ्गलवार चौधरीले गरीब, विपन्न २० जना बालबालिकालाई सुइटर प्रदान गरे । चीसोबाट विद्यार्थीलाई राहत पु-याउने उद्देश्यले सुइटर सहयोग गरेको चौधरीले बताए । कार्यक्रममा मदर्साका शिक्षक मौलवी मुफ्ती सगीर अहमदलाई चौधरीले २० […]

वैदेशिक अध्ययन देशलाई घाटा

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको विवरण अनुसार पछिल्ला छ महीनामा नेपाली विद्यार्थीहरूले वैदेशिक अध्ययनका लागि ५६ अर्ब तीन करोड रुपैयाँ खर्च गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा पाँच अर्ब ९५ करोड रुपैयाँ विदेशिएको थियो । यो आँकडा अघिल्लो वर्षभन्दा केही घटेको देखिए पनि विगतका वर्षहरूदेखि अध्ययनको नाममा नेपाली मुद्राको निरन्तर बाहिरिने […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।