नेतृत्वबाट प्रतिविम्बित हुन्छ कुनै संस्थाको चरित्र

• अनन्तकुमार लाल दास

स्टीव जाब्सका अनुसार “नेतृत्वको अर्थ मानिसहरूलाई यस्तो कार्यको लागि प्रेरित गर्नु हो जसबारे उनीहरूले कहिल्यै सोचेका छैनन् ।” नेतृत्वलाई प्रायः कुनै संस्थाको आधारशिलाको रूपमा हेर्ने गरिन्छ, चाहे त्यो लाभकारी संस्था होस् वा गैरलाभकारी सङ्गठन होस् । चाहे त्यो निजी शैक्षणिक संस्था होस् वा सरकारी । एउटा नेताको चरित्र जसमा उसको मूल्य, नैतिकता, निर्णय लिने शैली र क्षमता तथा पारस्परिक सीप सामेल हुन्छ त्यसले सङ्गठनको संस्कृति, प्रदर्शन र सार्वजनिक प्रतिष्ठालाई महŒवपूर्ण रूपले प्रभावित गर्दछ ।

कुनै संस्थाको प्रतिष्ठा एवं धारणा प्रायः त्यस संस्थाको नेताले गर्ने काम र चरित्रबाट बढ्छ वा खराब हुन्छ । संस्थालाई कुनै पनि यस्तो सङ्गठनको रूपमा हेर्न सकिन्छ जो साझा उद्देश्यलाई हासिल गर्नेतर्पm उन्मख होस् । साथै जसको नेता त्यसभित्र सर्वोच्च अधिकार सम्पन्न हुन्छ । चरित्रको तात्पर्य त्यस गुण वा अवगुणसँग छ, जसले कुनै मानिसको व्यक्तित्वलाई पारिभाषित गर्दछ ।

निर्णय लिन र समस्या समाधान गर्न नेताले जस्तो दृष्टिकोण राख्दछ त्यसले संस्थाको चरित्रलाई देखाउँछ र त्यसलाई आकार प्रदान गर्दछ । पारदर्शिता, समावेशिता र दीर्घकालीन सोचलाई प्राथमिकता दिने नेताले यस्तो संस्कृतिलाई बढावा दिन्छ, जसले यस्ता सिद्धान्तलाई महŒव दिन्छ । यसविपरीत जो नेता निरङ्कुश र अल्पकालिक निर्णय गर्दछ, उसले भय र अदूरदर्शिताको वातावरण तयार गर्दछ ।

एउटा नेताको गुण, जस्तै–इमानदारी, दूरदर्शिता र नैतिक आचरण सङ्गठनभित्र विश्वास, निष्ठा र उद्देश्यको साझा भावनालाई प्रेरित गर्न सक्छ तथा एउटा नेता त्यो मानिस हुन्छ, जसले समाजमा परिवर्तन ल्यउन पहल गर्छ । यसरी नेता एउटा रोल–मोडेलको रूपमा कार्य गर्दछ, जसले सङ्गठनको दृष्टिकोण र मूल्यलाई प्रभावित गर्दछ । मिलग्राम प्रयोगले के देखाएको छ भने कसरी मानिस कुनै आधकारिक व्यक्तिको अधीन कार्य गर्दा व्यक्तिगत जवाफदेहितालाई समाप्त गर्छन् । यसबाहेक जनता प्रायः कुनै संस्थालाई त्यस संस्थाको नेताको माध्यमले चिन्छ ।

नेताहरूको निर्माण त्यस माहौलमा हुन्छ, जसमा उनीहरूको पालनपोषण हुन्छ, चाहे त्यो परिवार, समूह होस्, संस्था वा समाज होस् । यस्ता परिस्थितिको मार्गदर्शक सिद्धान्त र मिशन कुनै पनि संस्थाभित्र नेता र अनुयायी दुवैको विकासलाई प्रभावित गर्दछ । इमानदार नेतृत्वमा मानिसहरूलाई एउटा सामान्य उद्देश्यको लागि एकजुट गर्ने क्षमता सामेल हुन्छ । नेतृत्वको लागि सम्मानले निर्विवाद नैतिकताको माग गर्दछ, जसले नैतिक अस्पष्टताबाट टाढा रही सही र गलतबीचको अन्तरलाई प्रस्ट्याउँछ ।

एउटा नेताको चरित्र त्यस संस्थाको मूल ढाँचामा समाहित भएको हुन्छ, जसको उसले नेतृत्व गर्दछ । शीर्षमा बसेको मानिस द्वारा गरिएको कार्यले सम्पूर्ण सङ्गठनको लागि मार्गदर्शनको कार्य गर्दछ । जसरी कुनै पनि भवनको लागि एउटा बलियो जग महŒवपूर्ण हुन्छ, त्यसैगरी नेतृत्वको चरित्रले संस्थाको लागि बलियो जग तयार गर्छ । प्रभावकारी नेताले पारस्परिक सम्बन्ध र प्रस्ट सञ्चारको महŒव बुझ्दछ । उसले विश्वासको धागो बलियो बनाउँछ र संस्थाभित्र समुदायको भावना उत्पन्न गर्छ । उदाहरणका लागि पेप्सीको कार्यकारी अधिकृतको रूपमा इन्द्रा नूईको कार्यकाल उनको सहानुभूतिपूर्ण नेतृत्वशैली र सहायक समावेशी कार्यस्थल बनाउनमा जोड दिने कारण विशिष्ट रह्यो ।

नेता त्यस वैचारिक वातावरणबाट आकार ग्रहण गर्छ, जसमा ऊ कार्य र त्यसको नेतृत्व गर्दछ । उसले जुन दर्शन, नैतिक मूल्य र आदर्शलाई समर्थन गर्छ, त्यस सङ्गठनको पहिचान बन्छ । नेल्शन मन्डेला र मार्टिन लुथर किङ जुनियर जस्ता नेता यसका उदाहरण हुन् ।

रंगभेद समाप्त गर्नका लागि मन्डेलाको समर्पणको परिणामस्वरूप एउटा लोकतान्त्रिक दक्षिण अफ्रीका बन्न पुग्यो । मार्टिन लुथर किङ जुनियरले नागरिक अधिकार प्राप्तिका लागि गरेको अहिंसक प्रतिरोधले संयुक्त राज्य अमेरिकामा नस्लीय भेदभाव समाप्त पार्न महŒवपूर्ण भूमिका निर्वाह ग¥यFे । उनको दूरदर्शी नेतृत्व र सिद्धान्तवादी चरित्र र उनीद्वारा निर्देशित आन्दोलनले राष्ट्रमा स्थायी प्रभाव छोड्यो ।

यस्ता गहन गुण भारतीय इतिहासको पानामा प्रतिध्वनित भइरहन्छ, जहाँ दिग्गज नेताहरूले नेतृत्व गरेको संस्थामाथि गहिरो छाप छोडेका छन् । उदाहरणका लागि भारतीय स्वतन्त्रता आन्दोलनका जनक महात्मा गाँधी र लौहपुरुष सरदार वल्लभभाई पटेल । अहिंसा, सत्य र सविनय अवज्ञा आन्दोलनप्रति गाँधीको अटूट श्रद्धाले भारतीय राष्ट्रिय काङ्ग्रेस तथा पूर्ण स्वतन्त्रता आन्दोलनको चरित्र पारिभाषित ग¥यो । गाँधीको प्रसिद्ध शब्द “दुनियाँलाई जस्तो हेर्न चाहनुहुन्छ त्यस्तै परिवर्तन आपूmभित्र ल्याऊ”ले आन्दोलनको चरित्रलाई अभिव्यक्त गरेको थियो । त्यसैगरी अर्का नेता सरदार पटेलले आप्mनो दृढ निश्चय, राजनीतिक तथा प्रशासनिक कौशलले नवगठित राष्ट्रलाई बलियो र एकजुट बनाए । यसैगरी टाटा समूहका पूर्व अध्यक्ष रतन टाटाले यी मूल्यहरूलाई टाटा समूह सञ्चालन र कार्पोरेट संस्कृतिमा समाहित गर्न महŒवपूर्ण भूमिका निर्वाह गरे ।

कुनै पनि संस्थाको लागि एउटा नेताको विजय र मिशन प्रायः काम गर्ने आधार हुन्छ । उदाहरणका लागि एउटा यस्तो नेता जो नयाँ र रचनात्मकतालाई प्राथमिकता दिन्छ, उसले त्यस्तै संस्कृति विकसित गर्छ, जसले यी विशेषताहरूलाई महŒव दिन्छ । स्टीव जब्सजस्ताको उदाहरणले के देखाएको छ भने कसरी कसैको चरित्र र दृष्टिकोणले ऊसँग सम्बन्धित संस्थाको संस्कृति र सफलतालाई साकार गर्न सक्छ । स्टीव जाब्सले नयाँ आविष्कारको लागि अथक प्रयास गरेका थिए, जसले एप्पललाई एउटा सङ्घर्षरत उद्योगबाट वैश्विक उद्योगमा परिणत गरिदियो ।

यसैगरी नेपाली स्वतन्त्रता आन्दोलनका जुझारु नेता गणेशमान सिंहले नागरिकलाई स्वतन्त्रता दिलाउन आप्mनो जीवन समर्पित गरेका थिए र लौह पुरुषको रूपमा नेपाली इतिहासमा प्रसिद्ध भए । डा. ए.पी.जे.अब्दुल कलामजस्ता नेतृत्वले देशको वैज्ञानिक र प्राविधिक संस्थानमा आप्mनो अमिट छाप छोड्यो ।

यसको ठीकविपरीत कुनै नेताको लालच, भ्रष्टाचार वा दमनकारी प्रवृत्ति जस्ता दोषहरूले संस्थाको प्रतिष्ठा र अखण्डतामा क्ष्Fति पु¥याउन सक्छ । उदाहरणका लागि ब्रिटिश इस्ट इन्डिया कम्पनी, जो व्यापारिक उद्यमको रूपमा प्रारम्भ भएको थियो तर बिस्तारै राबर्ट क्लाइड र वारेन हेस्टिंग्सजस्ता व्यक्तिको नेतृत्वमा दमकनकारी औपनिवेशिक शासनको माध्यम बन्यो । औरंगजेबजस्ता मुगल शासकको नेतृत्वमा गैरमुस्लिमप्रति असहिष्णु र भेदभावपूर्ण नीतिले जनताको एउटा ठूलो हिस्सा साम्राज्यबाट अलग भयो र मुगल साम्राज्यलाई समेत नोक्सान पु¥यायो र यस साम्राज्यको पनि पतन भयो । यसैगरी एडोल्फ हिटलरजस्ता नेताको अनैतिक र विनाशकारी आदर्शले उनको शानदार वक्तृत्वकला र उग्र राष्ट्रवादी विचारहरूको जन्मेको समृद्ध जर्मनीको छविले नरसंहारकारी द्वितीय विश्वयुद्ध भयो ।

यसर्थ जब कुनै नेता कुनै संस्थाको चरित्रलाई आकार दिन महŒवपूर्ण भूमिका निर्वाह गर्छ भने सङ्गठनभित्र सबै तहमा व्यक्तिहरूको योगदानलाई चिन्नु पनि त्यतिकै महŒवपूर्ण हुन्छ । विभिन्न स्तरमा प्रतिनिधिहरूको प्रभावी सहयोग र प्रयास कुनै सङ्गठनको सफलताको लागि आवश्यक हुन्छ, जसले नेतृत्वको दृष्टिकोणलाई प्रेरित र पारिभाषित गर्दछ तर प्रबन्धनले त्यो दृष्टिकोण हासिल गर्न समूहलाई प्रेरित र निर्देशित गर्दछ । चुनौतीपूर्ण कालखण्डमा खासगरी सफल नेतृत्वले आप्mनो चरित्र प्रदर्शन गर्नुपर्छ । यसका साथै एउटा साझा लक्ष्य हासिल गर्न र प्रतिकूल परिस्थितिबाट निकाल्न अरूलाई प्रेरित र नेतृत्व प्रदान गर्नुपर्छ ।