महात्मा गाँधीले के भनेका छन्– “संस्कृति कुनै पनि देश र समुदायको आत्मा हो ।” यस सन्दर्भमा दक्षिण एशियाली राष्ट्रहरू, जसमा आठवटा विभिन्न राष्ट्र सामेल छन्, एउटा यस्तो क्षेत्र हो जो समृद्ध संस्कृतिले भरिपूर्ण छ । यहाँका विविध संस्कृति र पहिचान चारैतिर छरिएको छ । पश्चिमी समाजको विपरीत, जहाँ देश सामाजिक सामञ्जस्यको प्रतीक हुन्छ, दक्षिण एशियाली राष्ट्रहरू यस्ता अनौठो आख्यानहरूलाई चुनौती दिइरहेको छ । यस क्षेत्रको गतिशील सांस्कृतिक परिदृश्य विभिन्न भाषा, विविध धर्म र जाति तथा परम्परामाथि जोड दिन्छ जसले यसलाई जीवन्त राख्न महŒवपूर्ण योगदान दिएको छ ।
दक्षिण एशियाली राष्ट्रहरू, आप्mनो जटिल र कहिलेकाहीं उकालो–ओरालोले भरिएको इतिहासका बावजूद एउटा गहिरो ऐतिहासिक सम्बन्धसँग जोडिएका छन् । औपनिवेशिक शासनको अनुभव, स्वतन्त्रताको लागि सामूहिक सङ्घर्ष, गरीबी तथा पर्यावरणीय असन्तुलनजस्तो साझा चुनौतीहरूले दक्षिण एशियाली राष्ट्रहरूलाई एकजुट राख्न र क्षेत्रीय सहयोगको भावनालाई प्रोत्साहित गर्न मदत गरेको छ । यो साझा ऐतिहासिक पृष्ठभूमि वर्तमान र भविष्यका चुनौतीहरूसँग सामना गर्नका लागि सहयोगात्मक प्रयास र सामूहिक कारबाईलाई आधार प्रदान गर्दछ ।
दक्षिण एशियाली राष्ट्रहरूमा बहुलवादी संस्कृति, प्राचीन विविधता तथा समृद्ध अभिव्यक्तिहरू यस क्षेत्रको विशाल जनसङ्ख्यालाई प्रतिविम्बित गर्दछ । यसमा विभिन्न जाति, भाष, धर्म र परम्पराहरू सामेल छन् । यस्ता समूहहरूमा इन्डो–आर्यन, द्रविड, तिब्बती–बर्मन, मङ्गोलियन, आस्ट्रो–एशियाटिक्स र अन्य पनि सामेल छन् । यी प्रत्येक समूहको बेग्लाबेग्लै इतिहास, संस्कृति र पहिचान छ जुन भूगोल, बसोवास, उपनिवेशीकरण र वैश्वीकरणजस्ता कारकले प्रभावित छन् ।
दक्षिण एशियाली देशहरूमा एक प्रकारको विविधतापूर्ण परिवेश देखा पर्छ, जसमा इस्लामको हरियो रंगको प्रधानता सुफी रहस्यवादको जीवन्त पक्ष र असङ्ख्य क्षेत्रीय भाषाहरू समावेश छन् । यो विविधता धार्मिक तथा भाषाको सीमाबाट टाढा छ । सँगसँगै यसमा पाककला, कलात्मक रूप वा सामाजिक परम्पराहरू पनि सम्मिलित छन् जसले यस क्षेत्रको परस्पर सम्बद्ध प्रकृतिलाई दर्शाउँछ ।
यस विविधताको उदाहरणमा सिन्धी सामेल छन् जो इन्डो–आर्यन जातीय समूह हो । यो मुख्यरूपले पाकिस्तानको सिन्ध प्रान्त र पश्चिमी भारतमा बसोवास गर्छ । दक्षिण एशियाको सांस्कृतिक परिदृश्य एउटा विदुषकजस्तै छ जहाँ कैयन भाषा, धर्म, जाति तथा रीतिरिवाज विद्यमान छन् । भारतमा हिन्दू, इस्लाम, इसाई, सिख, बौद्ध धर्म र विभिन्न क्षेत्रीय परम्पराहरूको ज्वलन्त रंग अनुभव गर्न सकिन्छ । यी बेग्लाबेग्लै धार्मिक र सांस्कृतिक प्रथाहरू हिन्दी, तामिल, बङ्गाली, तेलगुजस्ता भाषाहरूसँगै सहजताले जोडिएको छ ।
तामिल एउटा द्रविड जातीय समूह हो जो तामिलनाडु, उत्तरी तथा पूर्वी श्रीलङ्कामा केन्द्रित छ जो विश्वको सबैभन्दा पुरानो साहित्यिक परम्परामध्ये एउटालाई प्रदर्शित गर्दछ । उनीहरूको भोजन पनि उत्तिकै विशिष्ट हुन्छ जसमा चामल, दाल, मसला र नरिवलमाथि जोड दिइन्छ । एक आपसमा जोडिएका यस्ता पहिचान समाजका मात्र निष्क्रिय पक्ष नभई व्यक्तिगत र सामूहिक अनुभवलाई सक्रियरूपले आकार प्रदान गर्दछ । पश्तो र बङ्गाली भाषाहरू सीमा पार गरेर क्षेत्रीय सांस्कृतिक एकताको भावनालाई दर्शाउँछ । दीपावली र ईद–ऊल–फितरजस्ता पर्वले समुदायको खुशी साझा गर्छन् । यसैगरी मध्य र पश्चिमी नेपालमा तिब्बती–बर्मी जातीय समूह गुरुङले आप्mनो भाषा, धर्म र सामाजिक सङ्गठनलाई कायम राखेको छ । ब्रिटिश तथा भारतीय सीमामा आप्mनो बहादुरीका लागि प्रसिद्ध गुरुङहरूको नववर्षको उपलक्ष्यमा मनाउने एउटा जीवन्त पर्व तमु ल्होसार हो । यहाँसम्म कि दक्षिण भारतको करी, नेपालको मोमोदेखि अफगानिस्तानको सुगन्धित पुलावसम्म यस क्षेत्रको साझा पाककलाको परम्परा रहेको छ । यी सांस्कृतिक अभिव्यक्तिहरू दक्षिण एशियालाई सामूहिक पहिचानमा गाँस्ने सूत्र हुन् ।
हुनत भारतमा दलित, नेपालमा मधेसी तथा म्यान्मामा रोहिंग्याहरूलाई आप्mनो समावेशिताको लागि कहिलेकाहीं सङ्घर्ष गर्नुपरेको छ । तर साझा सांस्कृतिक विरासत, आन्तरिक विविधताले प्रत्येक राष्ट्रको सामाजिक संरचनालाई महŒवपूर्णरूपले प्रभावित गर्दछ । बढी समावेशी र निष्पक्ष समाजलाई बढावा दिनको लागि यी देशहरूमा बेग्लाबेग्लै समुदाय अगाडि आउने चुनौतीहरूलाई स्वीकार गरेर त्यसको समाधानमा उचित ध्यान दिनु आवश्यक छ । सांस्कृतिक आदानप्रदान कार्यक्रम, शैक्षिक पहल र नीतिहरू जसले भुईं सतहमा रहेका समूहको आवश्यकतालाई सम्बोधन गर्दछ, त्यसले दक्षिण एशियाली समाजको निर्माणमा योगदान दिन सक्छ । यस ठूलो चित्रपटभित्र समाहित हरेक सांस्कृतिक सूत्रको मूल्य चिन्ने र उसको प्रशंसा गर्नेमाथि जोड दिनुपर्छ जसबाट साझा पहिचानको भावना बढेर जान्छ । साझा सांस्कृतिक धरोहरले एकता र संवाद बढाउन एउटा बलियो उपकरणको रूपमा कार्य गर्दछ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन तथा दक्षिण एशियाली खेलजस्ता प्रयासले सांस्कृतिक आदानप्रदान, आर्थिक सहयोग र सङ्घर्ष समाधानको अवसर प्रदान गर्छ ।
साहित्य, सिनेमा, सङ्गीत राष्ट्रिय सीमाभन्दा बाहिर पनि जान्छ जसले साझा अनुभव प्रदान गर्छ र बेग्लाबेग्लै समुदायहरूबीच आपसी समझदारीलाई बलियो बनाउँछ । बलीवुड र क्रिकेट दुई दिग्गज हुन्, जो सीमालाई पार गरेर दुनियाँभरिमा दक्षिण्न एशियाली नागरिकलाई एकजुट गर्ने काम गर्छन् । भारत, पाकिस्तान, बङ्गलादेश, अफगाजिस्तान र नेपाल सबैको आआप्mनै क्रिकेट टीम छ । वर्तमानमा विश्वमा क्रिकेटका थुप्रै प्रशंसकहरू छन् । यी दुवै उद्योगले विश्व मञ्चमा दक्षिण एशियाली संस्कृतिलाई प्रस्तुत गर्नुको साथै पहिचान र गौरव बढाउँछन् ।
दक्षिण एशियाका स्वदेशी आदिवासी समुदाय आप्mनो सांस्कृतिक विरासत र पारम्परिक ज्ञानमा समृद्ध छन् । उनीहरू सदीयौंदेखि प्रकृतिसँग तालमेल स्थापित गर्दै आप्mनो विशिष्ट पहिचान कायम राखेका छन् । संथाल भारत, बङ्गलादेश र नेपालका सबैभन्दा ठूलो समूहमध्ये एक हो । उनीरूको आप्mनै भाषा, धर्म, लिपि र कला छ । उनीहरू आप्mनो स्वदेशी शिक्षा प्रणालीका लागि प्रचलित छन् जो मौखिक र पैतृक ज्ञानमा आधारित छ । यसैगरी बेड्डा श्रीलंकाका मूल निवासी हुन् । उनीहरू जङ्गलमा शिकार गर्छन् र गुफामा बस्छन् । उनीहरूको पनि आप्mनै भाषा छ जुन सिंहलीसँग सम्बन्धित छ । प्रकृतिसँग उनीहरूको गहिरो सम्बन्ध छ । उनीहरू आप्mनो पूर्वजको आत्मा तथा प्राकृतिक तŒवको पूजा गर्छन् ।
दक्षिण एशियामा भवनको डिजाइन र निर्माण भूगोल, हावापानी, त्यस क्षेत्रमा भएको सामग्री, धर्म र संस्कृतिजस्ता विभिन्न कारकहरूसँग प्रभावित रहेको छ । प्रत्येक देशको आप्mनो वास्तुकलाको विरासत र शैली छ, जसले अद्वितीय इतिहास र पहिचानलाई दर्शाउँछ । काठ, ढुङ्गा, ईंटा र माटोजस्ता स्थानीय सामग्रीहरूको उपयोग गरी यस्ता संरचना तयार गरिन्छ जुन पर्यावरण र उपलब्ध संसाधन अनुकूल हुन्छ । उदाहरणको लागि नेपालको हिमाली क्षेत्रमा काठको घर सामान्य छ भने सुख्खा क्षेत्रमा माटो र ईंटाको घर प्रचलित छ ।
वास्तुकलाको डिजाइन सांस्कृतिक मूल्य र परम्परा साथ सहजतासँग मिश्रित हुन्छ, जसमा सामञ्जस्य, सन्तुलन, समरूपता र अनुपातजस्ता प्रमुख तŒव सामेल हुन्छ । उदाहरणका लागि भारतको ताजमहल र नेपालको जानकी मन्दिर मुगल वास्तुकलाका उत्कृष्ट कृति हुन् । श्रीलङ्कामा सिगिरिया राक किला प्राचीन शहरको उदाहरण हो जो प्रकृति, कला र इन्जिनीयरिङलाई एकीकृत गर्दछ । बङ्गलादेशको नेशनल असेम्बली भवन स्मारकजस्तो संरचना हो जुन इस्लामी, बङ्गाली र ब्रूटलिस्ट वास्तुकलासँग जोडिएको छ ।
दक्षिण एशियाको विवधतापूर्ण साप्mट पावर बुझ्नु आवश्यक छ किनभने प्रत्येक देशको आप्mनो अनौठो सांस्कृतिक ताकत हुन्छ । विविधताको साथै साझा पहिचानबाट क्षेत्रीय सहयोगलाई बढावा दिन, वैश्विक चुनौतीहरूको सामना गर्न र सकारात्मक अन्तर्राष्ट्रिय छवि बनाउन सामूहिक साप्mट पावरको उपयोग गर्न सकिन्छ । सामाजिक असमानता हटाउन र प्रत्येक राष्ट्रमा समावेशितालाई बढावा दिन आन्तरिक विविधता स्वीकार गर्नु महŒवपूर्ण हो । यस क्षेत्रको भविष्य यसको समृद्ध सांस्कृतिक विरासतलाई चिनेर तथा त्यसबाट आनन्द लिनेमाथि निर्भर छ । दक्षिण एशिया बहुलवादको सराहना गरेर भू–राजनीतिक विभाजनबाट टाढा गएर आप्mनो विविधतामा एकता खोजेर समृद्ध बन्न सक्छ ।