मुसहर परिवारलाई न्यानो कपडा वितरण
प्रस, वीरगंज, १० पुस/ अमेरिकास्थित अमर क्षत्री फाउन्डेशनको आर्थिक सहयोग तथा पिस फर दलित्स फाउन्डेशन नेपालको सहजीकरणमा सखुवाप्रसौनी गाउँपालिका–३, कौवावन र कटैया गाउँका मुसहर समुदायलाई न्यानो कपडा वितरण गरिएको छ । फाउन्डेशनका अध्यक्ष अमर क्षत्रीले उपलब्ध गराएको दुई लाख ६६ हजार आर्थिक सहयोगबाट अतिविपन्न दलित समुदायका १०० जना वृद्धवृद्धा, महिला, पुरुषलाई ब्ल्याङ्केट तथा १२० जना […]
आर्टिजन धाराको प्रयोगमा पालिकाहरू लापरवाह
प्रमोद यादव, पंचगावाँ, १० पुस/ पर्सा जिल्लाको गण्डक नहरदेखि उत्तरतर्पmको थरुहट क्षेत्रमा आर्टिजन धाराको प्रयोग बढ्दो छ । ठोरी, जीराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका र पर्सागढी नगरपालिका तथा वीरगंज महानगरपालिकाका वडा नं ३१ र ३२ मा आर्टिजन धाराको प्रयोग हुन्छ । जङ्गल क्ष्Fेत्रसँग जोडिएका बस्तीमा सय फिटमा आर्टिजन धाराबाट शुद्ध पानी प्रवाह हुन्छ र यो पानी […]
सपाङ्गलाई मात दिने विकलाङ्ग शेर्पादाइको गाथा
प्रस, वीरगंज, १० पुस/ वीरगंज महानगरपालिका–४ सिगरेट फ्याक्ट्री निवासी स्याङ दोर्जे शेर्पाको ८२ वर्षको उमेरमा यही पुस ८ गते राति निधन भएको छ । उनी वीरगंज महानगर–३ पुरानो वारुणयन्त्र रहेको तत्कालीन नगरपञ्चायतको भवनमा छ दशकअगाडि पसल थापेर बसेका थिए । वीरगंजमा काठमाडौंको पुष्टकारी बेच्ने र हेटौंडा दुग्ध विकास संस्थानको दूध बिक्री गर्ने त्यहाँका पुराना विक्रेता […]
भारतीय कारबाट ४३ किलो गाँजा बरामद
प्रस, वीरगंज, १० पुस/ इलाका प्रहरी कार्यालय, सिम्रौनगढले मङ्गलवार राति भारतीय नम्बरको एउटा कारमा ४३ किलो गाँजा बरामद गरेको छ । प्रहरी चौकी अमृतगंजका प्रहरी सहायक निरीक्षक मनोज यादवको कमान्डमा खटेको गस्ती टोलीले सुवर्ण गाउँपालिकाको तेलकुवाबाट सिम्रौनगढतर्पm आउँदै गरेको बिआरओ ०१एयू११०७ नम्बरको कार चेकजाँच गर्ने क्रममा कारभित्र प्लास्टिकले बेरेर राखिएका पाँचवटा प्याकेटमा ४३ किलो गाँजा […]
आदर्श माविको वार्षिकोत्सव
प्रस, वीरगंज, १० पुस/ आदर्श माविले आप्mनो ४५औं वार्षिकोत्सवमा बुधवार सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । प्राडा दीपक शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज महानगरपालिकाको उपप्रमुख इम्तियाज आलमलगायतको सहभागिता थियो ।
श्रीपुर पंचगावाँलाई पराजित गर्दै सिद्धपुर सेमिफाइनलमा
प्रस, पर्सागढी, १० पुस/ सखुवाप्रसौनी गाउँपालिका–१ सिद्धपुरमा जारी चौथो सिद्धपुर गोल्डकप प्रतियोगिता अन्तर्गत बुधवार भएको पहिलो क्वार्टरफाइनल खेलमा आयोजक सिद्धपुरले श्रीपुर पंचगावाँलाई पराजित गर्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ । सखुवाप्रसौनी गापा–१ सिद्धपुर मैदानमा बुधवार भएको पहिलो क्वार्टरफाइनल खेलमा आयोजक सिद्धपुरले श्रीपुर पंचगावाँलाई शून्यविरुद्ध दुई गोल गरी सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ । सिद्धपुरले पहिलो […]
२०८१ पुस ११ गते बिहीवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
जाडो : पुनरावृत्ति कि प्रवृत्ति
• सञ्जय साह मित्र अहिले वर्षको सबैभन्दा छोटो दिन र लामो रात हुने समय हो । यस समयमा केही वर्षदेखि बढी जाडो हुने गर्दथ्यो । अहिले सर्वसाधारणले अपेक्षा गरेजस्तो जाडो हुन सकेको छैन । पछिल्ला दुई तीन वर्षलाई यदि विचार गर्ने हो भने यस बेलासम्म कम्तीमा एउटा शीतलहर गइसक्नुपर्ने हो । केही दिन यस्तो पनि […]
जेनेरिक औषधि सिफारिश
जेनेरिक औषधि सिफारिश गर्ने व्यवस्था लागू गर्ने पहलले उपभोक्ता हितका लागि महŒवपूर्ण कोसेढुङ्गा तय गर्न सक्ने छ । यसो हुन सक्यो भने नेपालको औषधि प्रणालीमा ऐतिहासिक सुधारका रूपमा लिनुपर्ने हुन्छ । सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गठन गरेको ‘जेनेरिक औषधि सुझाव समिति’ले उपभोक्तालाई गुणस्तरीय, सस्तो र सुपथ मूल्यमा औषधि उपलब्ध गराउन मार्गप्रशस्त गर्ने विश्वास गरिएको […]