प्रस, वीरगंज, १० पुस/
अमेरिकास्थित अमर क्षत्री फाउन्डेशनको आर्थिक सहयोग तथा पिस फर दलित्स फाउन्डेशन नेपालको सहजीकरणमा सखुवाप्रसौनी गाउँपालिका–३, कौवावन र कटैया गाउँका मुसहर समुदायलाई न्यानो कपडा वितरण गरिएको छ ।
फाउन्डेशनका अध्यक्ष अमर क्षत्रीले उपलब्ध गराएको दुई लाख ६६ हजार आर्थिक सहयोगबाट अतिविपन्न दलित समुदायका १०० जना वृद्धवृद्धा, महिला, पुरुषलाई ब्ल्याङ्केट तथा १२० जना बालबालिकालाई ज्याकेट, टोपी, ट्राउजर, स्वेटर वितरण गरिएको छ ।
जाडोको समयमा पर्सा जिल्लाका दलित समुदायसँग न्यानो कपडा नहुँदा उनीहरूको दैनिक जीवनयापन कष्टकर हुने भएकोले फाउन्डेशनको आर्थिक सहयोगबाट दलित वृद्धवृद्धा तथा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको पिस फर दलित्स फाउन्डेशन नेपालले जनाएको छ ।
कार्यक्रमको सहजीकरण दलित्स फाउन्डेशन नेपालका अध्यक्ष मनोज रामले गरेका थिए ।