जनभावना अनुसार काम हुनुपर्छ –डा महत

प्रस, वीरगंज, ३० मङ्सिर/ नेपाली काङ्ग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले जनअपेक्षा अनुसार वर्तमान सरकारले काम गर्नुपर्ने बताएका छन्।  आइतवार प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली काङ्ग्रेस लोकतान्त्रिक विचारधारा बोकेको पार्टी भएकोले नागरिक स्वतन्त्रतासहित राष्ट्रलाई बलियो बनाउन जनतालाई सर्वाधिकार दिनुपर्नेमा जोड दिए। उनले जनताको सेवा गर्नु नै नेपाली काङ्ग्रेसको दायित्व भएको बताए।  प्रवक्ता […]

बैंकको जालोमा फसेर  बेघर बन्दै ऋणी 

प्रस, वीरगंज, ३० मङ्सिर/ देशमा बढ्दो आर्थिक सङ्कटका बीच बैंकहरूले ऋणीहरूको घरजग्गा लिलाम गर्न थालेपछि ऋणीहरू बेघर हुन थालेका छन्।   लुम्बिनी विकास बैंक पोखरिया शाखाले वीरगंज महानगरपालिका–११ निवासी राजु साह सोनारको घर लिलाम गरेपछि सोनारकी पत्नी बबिता कुमारी र दुर्ई छोरी अहिले घरबारविहीन भएका छन्।  राजु साह सोनारले काव्य ज्वेलर्स सञ्चालनको लागि सो बैंकबाट २०७४/७/२९ […]

सुस्तःमनस्थितिका बालबालिकालाई सहयोग गर्न सांस्कृतिक कार्यक्रम

प्रस, वीरगंज, ३० मङ्सिर/ आशा किरण केन्द्र, वीरगंजको १०औं स्थापना दिवसको अवसरमा आगामी पुस ५ गते वीरगंजको नगर सभागृहमा नेपालका प्रख्यात सङ्गीतकार आनन्द कार्कीको समूहले साङ्गीतिक कार्यक्रम आयोजना गर्ने आइतवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ।  सङ्गीतकार कार्कीको समूहले केन्द्रमा रहेका ४० जना सुस्तःमनस्थिति, मस्तिष्क पक्षघात एवं विभिन्न कारणले मानसिकरूपमा अपाङ्ग भएका बालबालिकाहरूको उचित स्याहारसुसार, […]

गढीमाई मेला माघ ५ गते समापन हुने

प्रस, परवानीपुर, ३० मङ्सिर/ महागढीमाई नगरपालिका–१ बरियारपुरमा मङ्सिर १ गतेदेखि शुरू भएको विश्वप्रसिद्ध गढीमाई मेला माघ ५ गते औपचारिकरूपमा समापन हुने बताइएको छ। हालसम्म दुई करोड  ५० लाख दर्शनार्थीले गढीमाई मेलाको अवलोकन गरेको गढीमाई मेला  मूल व्यवस्थापन समितिले जनाएको छ। पशुबलिको लागि विश्वमैं प्रसिद्ध रहेको गढीमाई मेला अवलोकन  गर्न नेपाल, भारतलगायत विश्वका  धेरै देशबाट दर्शनार्थीहरू […]

उद्योग, वाणिज्य विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

प्रस, वीरगंज, ३० मङ्सिर/ नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४ आइतवार ललितपुरमा १३ बुँदे घोषणा जारी गर्दै समापन भएको छ।  नेपाल अन्तर्राष्ट्रिय एडिआर केन्द्रको आयोजनामा गत बिहीवारदेखि शुरू भएको सम्मेलन आज समापन भएको हो। घोषणापत्रमा सिङ्गापुर कन्भेन्सनमा हस्ताक्षर र अनुमोदन गर्न, हिमाल संरक्षण र हरित मध्यस्थता प्रवद्र्धन गर्न, न्यायमा पहुँच सुधार गर्न, अनलाइन विवाद समाधान […]

शपथग्रहण र पदभार ग्रहण

प्रस, रौतहट, ३० मङ्सिर/ नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका नवनिर्वाचित पदाधिकारी, सदस्यहरूको आइतवार शपथग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ।  शाखाका नवनिर्वाचित अध्यक्ष सञ्जयकुमार कार्की, उपाध्यक्ष डिल्लीबहादुर कार्की, महिला समावेशी उपाध्यक्ष बिना राउत श्रीवास्तव, सचिव गौतम श्रेष्ठ, सहसचिव (समावेशी) दिनेश यादव, खुला सहसचिव जीतेन्द्र श्रीवास्तव, कोषाध्यक्ष सञ्जय सहनी र सदस्यहरू रश्मि पटेल, रुद्रकुमारी कार्की, रामपुकार […]

निर्धनता समृद्धिका लागि खतरा हो

अनन्तकुमार लाल दास अरस्तूले भनेका छन्–“निर्धनता क्रान्ति र अपराधको जननी हो”। प्रविधि, व्यापार र सञ्चारद्वारा आकार प्राप्त गरेको विश्वलाई के भनिएको छ भने “कुनै पनि देशमा निर्धनता हरेक ठाउँको लागि खतरा पैदा गर्दछ।” यो कुरा निकै महत्वपूर्ण छ। निर्धनतालाई प्रायः स्थानीय चुनौतीको रूपमा हेरिन्छ तर यसको प्रभाव भौगोलिक सीमासँग जोडिएको छैन, जसले वैश्विक स्तरमा अर्थ […]

योमरी पुन्हि प्राचीन पर्व हो –वैद्य

प्रस, वीरगंज, ३० मङ्सिर/ भिन्तुना गुठी भिस्वाका अध्यक्ष दीपेन्द्र गोविन्द वैद्यले योमरी पुन्हि प्राचीनकालदेखि नेवार समुदायले मनाउँदै आएको बताएका छन् । योमरी पूर्णिमा (योमरी पुन्हि)को अवसरमा भिन्तुना गुठी भिस्वाले वीरगंज महानगरपालिका–१५ भिस्वामा आइतवार आयोजना गरेको कार्यक्रममा उनले नयाँ धान भिœयाएको खुशियालीमा नेवार समुदायले योमरी पूर्णिमा मनाउने चलन रहेको बताए । नेवाः पुच वीरगंजका अध्यक्ष प्राध्यापक […]

पुस २७ गते पर्सा दौड प्रतियोगिता हुने

प्रस, वीरगंज, ३० मङ्सिर/ १०औं राष्ट्रिय खेलकूद प्रतियोगिताको लागि पर्सामा पुस २७ गते पर्सा दौड प्रतियोगिता आयोजना हुँदैछ । कर्णाली प्रदेशमा १०औं राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना हुन गइरहेको र सोलाई मध्यनजर गर्दै एथलेटिक्स परिवार नेपाल, पर्साका अध्यक्ष शनिकुमार दुबेको अध्यक्षतामा शनिवार बसेको बैठकले १० किलोमिटर दौडको पर्सा दौड पुस २७ गते आयोजना गर्ने निर्णय गरेको […]