ठाराब क्याम्पसमा तालाबन्दी

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १४ मङ्सिर/
ठाकुर राम बहुमुखी क्याम्पसका कर्मचारीहरूले शुक्रवार कर्मचारी सरुवाप्रति आपत्ति जनाउँदै क्याम्पसमा तालाबन्दी गरेका छन् ।

क्याम्पसका सहायक लेखापाल बुधन मुखियालाई सिराहा क्याम्पसमा सरुवा गरिएकोले सरुवा रोक्न त्रिवि कर्मचारी सङ्घ क्याम्पस एकाइ समितिका कर्मचारीहरूले आन्दोलन गर्दै क्याम्पस प्रशासनमा आज तालाबन्दी गरेका छन् ।

उनीहरूले क्याम्पस प्रमुख, लेखा, प्रशासन, आइटी, स्टोर, परीक्षा शाखा लगायतमा तालाबन्दी गरेको त्रिवि कर्मचारी सङ्घ क्याम्पस एकाइ समितिका अध्यक्ष किशोरी चौधरीले बताए । उनले कर्मचारी मुखिया २०७९ भदौ ७ गतेदेखि ठाराब क्याम्पसमा काजमा कार्यरत रहेको र उनलाई यस अवधिमा एकपछि अर्काे शाखामा सरुवा गरेर हैरान पार्दै आएकामा अहिले सिराहा सरुवा गरिएकोले विरोधमा उत्रनुपरेको बताए ।

केही कर्मचारीहरूसँगको मनमुटावका आधारमा सहायक लेखापाल मुखियाको सिराहामा सरुवा गरिएको भन्दै कर्मचारी सङ्घले तालाबन्दी गर्दै सरुवा बदरको माग राखेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।