मन्त्री गुप्ता र तिब्बतका कार्यकारी उपाध्यक्ष योङ्चीबीच वार्ता

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १४ मङ्सिर/
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतका कार्यकारी उपाध्यक्ष चेन योङ्चीबीच शुक्रवार भेटवार्ता भएको छ ।

नेपाल–चीन सीमा व्यापार समन्वय तथा सहकार्य संयन्त्रको दोस्रो बैठकमा सहभागी हुन तिब्बती टोलीको नेतृत्व गर्दै नेपाल आएका योङ्चीले आज मन्त्री गुप्तासँग मन्त्रालयमा शिष्टाचार भेट गरेका थिए । सो भेटमा उपाध्यक्ष योङ्चीको साथमा नेपालका लागि चिनियाँ राजदूत चेन योङसमेत सहभागी थिए ।

सो अवसरमा मन्त्री गुप्ताले नेपाल–चीन सीमा व्यापार समन्वय तथा सहकार्य संयन्त्रको दोस्रो बैठक सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिंदैै चीन र नेपालबीच शताब्दियौंदेखि सम्बन्ध रहेको तथा चीन नेपालको असल मित्र र विकास साझेदार रहेको बताए । चीन नेपालको पुरानो विकास साझेदार भएको र चीनबाट प्राप्त सहयोगले नेपालको आर्थिक विकास गर्न, पूर्वाधार विकास गर्न र नेपाली जनताको जीविकोपार्जनमा सुधार गर्न महŒवपूर्ण योगदान पुगेको बताए ।

मन्त्री गुप्ताले चीनको स्वशासित क्षेत्र तिब्बतको सरकारसँग नेपालको उत्तरी सीमा जोडिएका जिल्लाहरूको विकासका लागि आयोजना सहायता (प्रोजेक्ट एड्स) गर्ने सम्झौता (एमओयू अन प्रोजेक्ट एड टू नेपाल) भएकोमा पनि खुशी व्यक्त गरे ।

भेटमा उपाध्यक्ष चेन योङ्चीले नेपाल र चीनको सम्बन्ध थप प्रगाढ हुँदै जाने बताए । उनले पछिल्ला दशकहरूमा चीनले हासिल गरेको विकासबाट नेपालसमेत लाभान्वित भएको हेर्न चाहेको बताए । एमओयू अन प्रोजेक्ट एड टू नेपालको सफलतापूर्वक कार्यान्वयनमार्फत तिब्बतसँग सिमाना जोडिएका जिल्लाहरूका बासिन्दाहरूको जीवनस्तर उकास्न मदत पुग्ने बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।