प्रस, वीरगंज, १४ मङसिर/
महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शुक्रवार २४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
गहवामाई मन्दिर अतिथि सदनमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष ईश्वरचन्द्र गौतमले आव २०८०/८१ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । उनले कुल आम्दानी सात करोड ४४ लाख र खर्च चार करोड ४९ लाख भएकोमा खुद सञ्चालन मुनाफा दुई करोड ८५ लाख भएको जानकारी गराएका थिए ।
अध्यक्ष गौतमले सदस्यहरूलाई मुनाफाबाट १८ प्रतिशत लाभांश वितरण भएको र ऋणी तथा बचतकर्ता सदस्यहरूलाई ३२ लाख ७४ हजार संरक्षित पूँजी फिर्ता कोष वितरण गर्न सफल भएको बताए । उनले पूँजीकोष २० करोड पु¥याएर गीता मन्दिर रोडनजीक पाँच तले आफ्नै भवन निर्माण गरेको बताए ।
पर्सा बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष राजेश पडितको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्राडा दीपक शाक्यले स्वागत गरेका थिए भने शेयरधनी सदस्य देवेन्द्रलाल नेपाली, उपेन्द्र पण्डितले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा बालमुकुन्द खरेलले धन्यवाद ज्ञापन गरेका थिए ।