नालामा मृतावस्थामा नवजात शिशु फेला

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

नितेश कर्ण, वीरगंज, १४ मङ्सिर/
सर्लाही जिल्लाको सदरमुकाम मलङ्गवा नगरपालिका–२ गोरखकाली प्रहरी चौकीनजीकै झन्डा बजार जाने सडकको नालामा शुक्रवार मृतावस्थामा नवजात शिशुको शव बरामद भएको छ ।

सो बाटो भएर हिंड्ने मानिसहरूले नालामा मृतावस्थामा रहेको शिशुको शवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । मलङ्गवामा खोलिएका अल्ट्रासाउन्ड क्लिनिकहरूमध्ये कुनै एक क्लिनिकमा एबोर्सन गराएर सो ठाउँमा फालिएको हुन सक्ने स्थानीयको अनुमान छ ।

केही दिन अगाडि जिल्ला प्रशासन कार्यालय सर्लाही र मलङ्गवा नगरपालिकाको स्वास्थ्य शाखाले अनुगमन गरी अवैधरूपले सञ्चालनमा रहेका अल्ट्रासाउन्ड क्लिनिकहरू सिल गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।