बहुदरमाई नपाको बेथितिविरुद्ध दुई घण्टे धर्ना
प्रस, पोखरिया, १४ मङ्सिर/ बहुदरमाई नगरपालिकाको बेथितिविरुद्ध सचेत नागरिक समाज बहुदरमाईले शुक्रवार नगरपालिकामा दुई घण्टा धर्ना दिएको छ । विभिन्न सात बुँदे मागसहित आज बिहान १० देखि १२ बजेसम्म कार्यालयअगाडि धर्ना दिएको स्थानीय राकेश यादवले बताए । विगत पाँच महीनादेखि बहुदरमाई नगरपालिकाको खाता सञ्चालनमा आउन नसकेर त्यहाँको आर्थिक कारोबार ठप्प छ र कर्मचारीहरूले समेत सो […]
सर्वोच्चको आदेश कार्यान्वयनका लागि छलफल, अदालतको अवज्ञा हुँदैन तर बलि रोक्न सक्दैनौं –संयोजक यादव
प्रस, वीरगंज, १४ मङ्सिर/ गढीमाई मेला मूल समारोह समितिका संयोजक एवं महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले सर्वाेच्च अदालतको आदेश कार्यान्वयन गर्ने पक्षमा आफू रहेको तर आस्थाको केन्द्र गढीमाई मन्दिरमा भाकल अनुसारको बलिका लागि आउनेहरूलाई बलि नदिनु भनेर रोक्न नसकिने बताएका छन् । पशुबलि निरुत्साहित गर्ने सम्बन्धमा वीरगंजमा शुक्रवार आयोजित सर्वाेच्च अदालतबाट भएको आदेश कार्यान्वयनसम्बन्धी समन्वयात्मक […]
सवारीकर विवादमा अन्तरिम आदेश यथावत्
प्रस, वीरगंज, १४ मङ्सिर/ उच्च अदालत जनकपुरको वीरगंज इजलासले सवारीकर सम्बन्धमा यही मङ्सिर १७ गते पेसी तोकेको छ । गृह मन्त्रालयको आदेशमा जिल्ला प्रशासन कार्यालय, पर्साले सवारीकर ढाट राखेर सञ्चालनमा अवरोध गरेको थियो । सोविरुद्ध दीपकुमार वर्माले उच्चमा रिट दिएका थिए र न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र तेजप्रकाश आचार्यको संयुक्त इजलासले मङ्सिर ६ गते अन्तरिम आदेश […]
ठाराब क्याम्पसमा तालाबन्दी
प्रस, वीरगंज, १४ मङ्सिर/ ठाकुर राम बहुमुखी क्याम्पसका कर्मचारीहरूले शुक्रवार कर्मचारी सरुवाप्रति आपत्ति जनाउँदै क्याम्पसमा तालाबन्दी गरेका छन् । क्याम्पसका सहायक लेखापाल बुधन मुखियालाई सिराहा क्याम्पसमा सरुवा गरिएकोले सरुवा रोक्न त्रिवि कर्मचारी सङ्घ क्याम्पस एकाइ समितिका कर्मचारीहरूले आन्दोलन गर्दै क्याम्पस प्रशासनमा आज तालाबन्दी गरेका छन् । उनीहरूले क्याम्पस प्रमुख, लेखा, प्रशासन, आइटी, स्टोर, परीक्षा शाखा […]
घाटगड्डीबाट चोरिएको सालको गोलिया बरामद
प्रस, निजगढ, १४ मङ्सिर/ निजगढ नगरपालिका–७ स्थित जनज्योति सामुदायिक वन उपभोक्ता समूहको घाटगड्डीबाट नौ थान सालको गोलिया चोरी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । वन समूहको पूर्वतर्फ रहेको विद्युुतीय हाइटेन्सन प्रसारण लाइनमुनि रहेको घाटगड्डीमा सुुरक्षित तवरले राखिएको सालको गोलिया चोर–तस्कर समूहले ना.२च ९३१९ नम्बरको बलेरो जीपमा लोड गरी पूर्व–पश्चिम महेन्द्र राजमार्गको रौतहटतर्फ लैजाँदै गर्दा […]
पाँचवटा नर्सिङ कलेजलाई मान्यता, वीरगंजमा दुईवटा
प्रस, वीरगंज, १४ मङ्सिर/ नेपाल सरकारले चिकित्सा शिक्षासम्बन्धी प्रवीणता प्रमाणपत्र तह अध्यापनका लागि देशभरिमा पाँचवटा नर्सिङ कलेजलाई मान्यता दिएको छ । पाँचमध्ये कोशीमा तीनवटा तथा मधेसमा दुईवटा नर्सिङ कलेजलाई यसै शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गर्न अनुमति दिइएको छ । मधेस प्रदेश अन्तर्गत वीरगंजमा रहेको वीरगंज हेल्थकेयर मेडिकल कलेज तथा बाराको परवानीपुर–६ मा रहेको ज्ञानवाटिका इन्स्टिच्युट […]
मन्त्री गुप्ता र तिब्बतका कार्यकारी उपाध्यक्ष योङ्चीबीच वार्ता
प्रस, वीरगंज, १४ मङ्सिर/ सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतका कार्यकारी उपाध्यक्ष चेन योङ्चीबीच शुक्रवार भेटवार्ता भएको छ । नेपाल–चीन सीमा व्यापार समन्वय तथा सहकार्य संयन्त्रको दोस्रो बैठकमा सहभागी हुन तिब्बती टोलीको नेतृत्व गर्दै नेपाल आएका योङ्चीले आज मन्त्री गुप्तासँग मन्त्रालयमा शिष्टाचार भेट गरेका थिए । सो […]
महालक्ष्मी सहकारीको साधारणसभा सम्पन्न
प्रस, वीरगंज, १४ मङसिर/ महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शुक्रवार २४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । गहवामाई मन्दिर अतिथि सदनमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष ईश्वरचन्द्र गौतमले आव २०८०/८१ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । उनले कुल आम्दानी सात करोड ४४ लाख र खर्च चार करोड ४९ लाख भएकोमा खुद सञ्चालन मुनाफा दुई […]
नालामा मृतावस्थामा नवजात शिशु फेला
नितेश कर्ण, वीरगंज, १४ मङ्सिर/ सर्लाही जिल्लाको सदरमुकाम मलङ्गवा नगरपालिका–२ गोरखकाली प्रहरी चौकीनजीकै झन्डा बजार जाने सडकको नालामा शुक्रवार मृतावस्थामा नवजात शिशुको शव बरामद भएको छ । सो बाटो भएर हिंड्ने मानिसहरूले नालामा मृतावस्थामा रहेको शिशुको शवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । मलङ्गवामा खोलिएका अल्ट्रासाउन्ड क्लिनिकहरूमध्ये कुनै एक क्लिनिकमा एबोर्सन गराएर सो ठाउँमा फालिएको […]
अन्तर्राष्ट्रिय टी–२० च्यालेन्जर ट्रफीः अल्पाइन सेमिफाइनलमा
प्रस, वीरगंज, १४ मङ्सिर/ अन्तर्राष्ट्रिय टी–२० च्यालेन्जर ट्रफी २०२४ को सेमिफाइनलमा नेपालबाट वीरगंजको अल्पाइन माध्यमिक विद्यालय पुग्न सफल भएको छ । भारतको राजस्थानको सिकर शहरस्थित एलजी क्रिकेट एकेडेमी खेल मैदानमा २७ देखि ३० नोभेम्बरसम्म भइरहेको अन्तर्राष्ट्रिय टी–२० च्यालेन्जर ट्रफी २०२४ अन्तर्गत आज भएको खेलमा नेपालबाट अल्पाइन मावि ‘नीलो’ सेमिफाइनलमा पुग्न सफल भएको हो । भारतको […]