हरिया तरकारीको मूल्यवृद्धि रोकिएन, बेमौसमी तरकारीको मूल्यलाई मौसमी तरकारीले मात दियो
रामेश्वर मेहता, धर्मेन्द्र चौरसिया, १३ मङ्सिर/ यसपटक हरियो तरकारी महँगो हुने क्रम रोकिएको छैन । गत असोज ११–१२ गतेको अविरल वर्षापछि पर्सा र बारा क्षेत्रमा महँगो भएको हरिया तरकारीहरूको मूल्य डेढ साता अघि घटेको थियो । तर अहिले पुनः हरिया तरकारीहरूको मूल्य आकाशिएको छ । हरिया तरकारीरूको मूल्य निरन्तर बढेपछि तरकारीखेतीमा लागेका किसानहरू भने उत्साही […]
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबारे अभिमुखीकरण
नितेश कर्ण, वीरगंज, १३ मङ्सिर/ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका धारणा शब्दावलीबारे स्थानीय सरोकारवालाबीच अभिमुखीकरण कार्यक्रम बिहीवार वीरगंजमा सम्पन्न भएको छ । ‘लैङ्गिक पहिचान यौन अभिमुखीकरण र यौन विशेषतासम्बन्धी बुझाइ’ नाराका साथ ब्लू डायमन्ड सोसाइटी काठमाडौंको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा आज आयोजित कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका अवधारणा र शब्दावलीबारे स्थानीय तहका […]
दुई स्थानबाट १८ जना बिचौलियाहरू पक्राउ
प्रस, वीरगंज, १३ मङ्सिर/ जिल्ला प्रहरी कार्यालय, पर्साको टोलीले बिहीवार यातायात व्यवस्था कार्यालय पर्सा र वीरगंज बसपार्क परिसरमा यात्रु तथा सेवाग्राहीलाई दुःख हैरानी दिने १८ जना बिचौलियालाई पक्राउ गरेको छ । जनगुनासाका आधारमा आज जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले अनुगमनको क्रममा दुवै क्षेत्रबाट १८ जना बिचौलियालाई पक्राउ गरेको जनाएको छ । वीरगंज महानगरपालिका–१६ […]
क्याम्पस प्रमुखको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ
प्रस, वीरगंज, १३ मङ्सिर/ कलैया उपमहानगरपालिकाको बरेवास्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गर्ने मुख्य अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय, बाराले पक्राउ गरेको छ । बिहीवार जिप्रका बारामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले गत जेठ ३२ गते आदर्श कोतवाल गाउँपालिका–२ खजुरियामा साँझ सवा पाँच बजे […]
प्रसौनीमा जिनाद बाबाको मेला शुरू
प्रस, वीरगंज, १३ मङ्सिर/ बारा जिल्लाको प्रसौनी गाउँपालिका–५ मा जिनाद बाबाको दुई दिने मेला बिहीवारदेखि शुरू भएको छ । आज र भोलिसम्म सञ्चालन हुने दुई दिने जिनाद बाबाको मेलाको नेपाली काङ्ग्रेस, बाराका क्षेत्रीय सभापति लोकेश सिंहले उद्घाटन गरेका थिए । उनले जिनाद बाबाको मेला आफ्नो पहलमा एक दशकदेखि हुँदै आएको र यसलाई निरन्तरता प्रदान गरिने […]
नापतौल जाँच शिविर डुमरवाना र अमलेखगंजमा पुग्ने
प्रस, जीतपुर, १३ मङ्सिर/ जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको समन्वयमा जीतपुर बजारमा बिहीवार नापतौैल शिविरको आयोजना गरिएको थियो । नापतौल तथा गुणस्तर कार्यालयबाट खटिएका कर्मचारीहरूद्वारा जीतपुरसिमराका व्यवसायीको नापतौल सामग्री परीक्षण तथा प्रमाणपत्र नवीकरण कार्यका लागि शिविरको आयोजना गरिएको जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष गजेन्द्रकुमार गुप्ताले बताए । उनले मङ्गलवारदेखि जीतपुरसिमरा उद्योग वाणिज्य सङ्घको कार्यालय […]
सिम्रौनगढमा करदाता शिक्षा तथा अन्तत्र्रिmया
प्रस, सिम्रौनगढ, १३ मङ्सिर/ करदाता शिक्षा तथा अन्तत्र्रिmया कार्यक्रम सिम्रौनगढ नगरपालिकास्थित बारा उद्योग वाणिज्य सङ्घको सभाकक्षमा सम्पन्न भएको छ । उद्योग वाणिज्य सङ्घ सिम्रौनगढका अध्यक्ष लालबाबू कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा कर, प्यान, प्यानको प्रकार, करको प्रकार, सहकारी ऐन, मूअकर, आयकर, कर पाटी, अन्तःशुल्क र अवैध मदिराबारेमा जानकारीका साथै करदाताको कर्तव्य तथा दायित्वका बारेमा छलफल भएको […]
बारा प्रहरीले १० जना फरार अपराधीलाई समात्यो
प्रस, वीरगंज, १३ मङ्सिर/ जिल्ला प्रहरी कार्यालय, बाराले फरार सूचीमा रहेका १० जनालाई पक्राउ गरी बारा जिल्ला अदालतमा पेश गरेको छ । बारा प्रहरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक प्रकाश सापकोटाले जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका १० जनालाई पक्राउ गरी सम्बन्धित बारा जिल्ला अदालतमा पेश गरिएको बताए । उनले चोरी मुद्दामा दण्ड सजाय भएपछि कलैया […]
२०८१ मङ्सिर १४ गते शुक्रवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
विप्रेषण वृद्धि : उद्योग–व्यवसाय धराशयी
• शीतल महतो सरकारी निकायको उदासीनताका कारण स्वदेशी उद्योग–व्यवसाय बिस्तारै धराशयी बन्दै गएको छ । पछिल्लो समय मुलुकमा औद्योगिक वातावरणसमेत खस्कँदो अवस्थामा छ । रोजगार सिर्जना, लगानी आकर्षण र पूँजी सिर्जना गर्ने औद्योगिक क्षेत्रको योगदान अर्थतन्त्रमा औसतमा पाँच प्रतिशतमा सीमित रहेको छ । औद्योगिक क्षेत्र खुम्चिंदा उद्योग–व्यवसायमा सङ्कट आउने र यसले रोजगारसमेत गुम्न सक्ने तथा […]