दशैं, दीपावली र छठमा पनि बहुदरमाईका कर्मचारीले तलब पाएनन्

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रमोद यादव, पंचगावाँ, २१ कात्तिक/
बहुदरमाई नगरपालिकाका कर्मचारीहरूले दशैं, दीपावली र छठमा पनि तलब पाएनन् । नगरप्रमुख सिंगासन साहले नगरसभाको निर्णय प्रमाणित गरी सिफारिश नगर्दा बहुदरमाई नपाको खाता सञ्चालनमा आउन नसकेर कर्मचारीहरूले चाडपर्वमा पनि तलब नपाएका हुन् ।

बहुदरमाई नपाको नगर परिषद् कात्तिक ८ गते सम्पन्न भएको थियो । परिषद् सम्पन्न भएपछि परिषद्को निर्णय सिफारिश गर्ने अधिकार नगरप्रमुखलाई हुन्छ र उनले सिफारिश गरेपछि कार्यपालिकाको निर्णयको सिफारिश प्रमुख प्रशासकीय अधिकृतले गरेर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाको खाता सञ्चालनका लागि कोलेनिकालाई स्वीकृति प्रदान गर्छ । त्यसपछि पालिकाले सङ्घ सरकारबाट प्रदान गरिएको सेवासुविधाहरू प्राप्त गर्छ । अहिले पर्सा जिल्लाको बहुदरमाई नपाको मात्र खाता सञ्चालनमा छैन ।

कोलेनिकाका मनीष गौतमले १४ पालिकामध्ये बहुदरमाई नगरपालिकाको मात्र खाता सञ्चालनमा नरहेको जानकारी गराएका छन् । उनले यस अघि पकाहामैनपुरको पनि खाता सञ्चालनमा नरहेकोमा सो पालिकाको खाता सञ्चालनमा आएको तर बहुदरमाईको अहिलेसम्म खाता सञ्चालन हुन नसकेको बताए । नगरप्रमुख सिंगासन साहले कात्तिक ८ गते नगरसभा सम्पन्न भएको र त्यसपछि बिदा भएर कात्तिक २० गते मात्र कार्यालय सञ्चालनमा आएको हुँदा परिषद्को निर्णय अध्ययन गर्न नसकेकोले सिफारिश नगरेको प्रतिक्रिया दिएका छन् । जबकि कात्तिक ८ गतेदेखि १४ गतेसम्म सरकारी कार्यालय सञ्चालनमा थियो र त्यसबीच एक हप्तामा परिषद्को निर्णय नगरप्रमुखकै भनाइ अनुसार पनि अध्ययन गर्ने समय थियो । तर बहुदरमाईको हकमा नगरप्रमुखले भनेको कुरा सुहाउँदो छैन । उनकै अध्यक्षतामा परिषद् सम्पन्न भएकोले सो परिषद्मा पेश भएका कुराहरूलाई उनले अध्ययन गरेको कुरा हुनै सक्दैन ।

स्रोत अनुसार नगरप्रमुख र उपप्रमुख समूह गरी दुई भागमा विभाजित छ । प्रमुख प्रशासकीय अधिकृत पनि यही विवादमा बहुमत पक्ष्Fमा रहेको स्रोतको दाबी छ । यही कारणले बहुदरमाई नपाको परिषद् असारमा सम्पन्न हुन सकेन र लामो प्रयासपछि कात्तिकको दोस्रो हप्तामा सम्पन्न भएको थियो । सोही क्रममा प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तफाले स्वास्थ्यकर्मीहरूको भर्नासम्बन्धी सूचना जारी गरेपछि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच विवाद चुलिएको हो । नगरप्रमुखकै निगरानीमा समिति बनेर परीक्ष्Fा लिएको र एकथरीको नतीजा प्रकाशन भएको र अर्काथरी स्वास्थ्यकर्मीको नतीजा प्रकाशन ढिलो गरिएको थियो । नगरप्रमुख सिंहले यो कुरामा आपत्ति जनाउँदै आएका छन् भने प्रमुख प्रशासकीय अधिकृत मुस्तफाले नगरप्रमुखकै उपस्थितिमा परीक्ष्Fा लिएको र सोको नतीजा प्रकाशन भएको दाबी गर्दै आएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत मुस्तफाले पालिकातर्पmको निर्णय आपूmले पठाएको तर नगर प्रमुखलाई निर्णय पठाउने अधिकार भएकोले उनले निर्णय सिफारिश गरी नपठाउँदा खाता सञ्चालनमा आउन नसकेको बताए । उनले सामाजिक सुरक्ष्Fा भत्ताबाहेक कर्मचारी, निजामती, दैनिक ज्यालादारी, करार, शिक्ष्Fक, स्वास्थ्यकर्मी गरी ५०० जनाको तलब साउनदेखि रोकिएको बताए ।

नगरप्रमुख साहले छठपछि निर्णय अध्ययन गरेर खाता सञ्चालनतर्पm पहल हुने बताएका छन् । चाडपर्वमा कर्मचारीहरूलाई तलब वितरण नभएको भनी एकथरी वडाध्यक्षहरूले मङ्गलवार नगरप्रमुखको कक्षमा गएर दुव्र्यवहार गर्ने प्रयास गरेका थिए । उनीहरूले खाता सञ्चालन अविलम्ब गरेर कर्मचारीहरूको तलबलगायत आर्थिक कारोबारलाई निरन्तरता दिनुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस