घडीअर्वाको आम्दानी र खर्च बढने अनुमान

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २१ कात्तिक/
घडीअर्वा स्पोटर््स क्लब अन्तर्गतको छठपूजा व्यवस्थापन समितिले बुधवार पत्रकार सम्मेलन गरी यस वर्षको छठपूजामा साढे १८ लाख खर्च हुने अनुमान गरेको छ ।

पोखरी परिसरमा आज पत्रकार सम्मेलन गर्दै समितिका अध्यक्ष्F दीपकुमार साहले चालू आवको छठमा २६ लाख ११ हजार ३१८ आम्दानी र १८ लाख ४४ हजार ५०० खर्च हुने अनुमान गरिएको बताए । उनले गत वर्ष २३ लाख ३८ हजार ७७० आम्दानी र १६ लाख २८ हजार ४५२ खर्च भई सात लाख १० हजार ३१८ बचत भएको बताए ।

पर्सा जिल्लामैं पहिलो भव्य सजावट गर्दै आएको घडीअर्वा पोखरीले वार्षिक रूपमा हुने गतिविधिका साथै आय–व्यय पनि सार्वजनिक गर्दै आएको छ ।

यसैगरी रानीघाटमा रहेको छठ व्यवस्थापन समितिका सदस्य प्रकाश कलवारले यस वर्ष १२ लाख खर्च अनुमान गरिएको बताए । गत वर्ष सात लाख खर्च भएको उनले जानकारी गराएका छन् । यस वर्ष खर्च बढ्नुको कारण बनारसबाट सांस्कृतिक कार्यक्रमको लागि कलाकारहरू ल्याइएको र छठपूजासँगै सांस्कृतिक कार्यक्रम पनि दिउँसो ३–६ बजेसम्म आयोजना गरिने उनले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस