स्वीमिङपुलमा बीमासहितको छठपूजा व्यवस्थापन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २१ कात्तिक/
वीरगंज महानगर–१० आदर्शनगरस्थित स्वीमिङपुलमा छठपूजाको लागि आठ लाख खर्च अनुमान गरिएको छ । मङ्गलवार पत्रकार सम्मेलन गर्दै छठपूजा व्यवस्थापन समितिका अध्यक्ष मुकेशकुमार वर्णवालले छठपूजा सजावटका लागि टेन्ट, लाइटिङ, सिसिटिभी जडान गरिएको र सोमा करीब आठ लाख खर्च अनुमान गरिएको बताए ।

उनले यसपटक स्वीमिङपुलमा छठ अवलोकनको लागि पाँच हजार मानिस आउने अनुमान गरिएको बताए । छठपूजा स्थलमा सुरक्ष्Fाको दृष्टिकोणले चारैतिर सिसिटिभी जडान गरिएको, सुरक्ष्Fाकर्मीको व्यवस्था गरिएको र छठपूजा गर्न तीन सय जना अट्नेगरी व्यवस्थापन गरिएको बताए ।

पशुपति आदर्श क्लब र प्रगति युवा क्लबको सहयोगमा छठपूजा स्वीमिङपुलमा आयोजना भइरहेको उनले जानकारी गराएका थिए । स्थानीय जनसमुदायबाट चन्दा सङ्कलन भएको र रु २५० को चिठ्ठा बिक्री गरिएको र त्यसमा प्रथम हुनेलाई रु एक लाख ५० हजारको पुरस्कार राखिएको अध्यक्ष वर्णवालले बताए ।

उनले छठपूजा सजावटसँगै बीमा पनि गरिएको र कुनै कारण दुर्घटना भए २५ लाखसम्मको दुर्घटना बीमा दाबी गर्न सकिने गरी व्यवस्थापन गरिएको बताए । पत्रकार सम्मेलनमा समितिका सहसचिव सुभाष महर्जन, सदस्य सुरेश पासीलगायत अन्य सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस