दशैं, दीपावली र छठमा पनि बहुदरमाईका कर्मचारीले तलब पाएनन्

प्रमोद यादव, पंचगावाँ, २१ कात्तिक/ बहुदरमाई नगरपालिकाका कर्मचारीहरूले दशैं, दीपावली र छठमा पनि तलब पाएनन् । नगरप्रमुख सिंगासन साहले नगरसभाको निर्णय प्रमाणित गरी सिफारिश नगर्दा बहुदरमाई नपाको खाता सञ्चालनमा आउन नसकेर कर्मचारीहरूले चाडपर्वमा पनि तलब नपाएका हुन् । बहुदरमाई नपाको नगर परिषद् कात्तिक ८ गते सम्पन्न भएको थियो । परिषद् सम्पन्न भएपछि परिषद्को निर्णय सिफारिश […]

सशस्त्र प्रहरीले भारु एक लाख नदिएको आरोप

प्रस, वीरगंज, २१ कात्तिक/ वीरगंज भन्सारस्थित सशस्त्र प्रहरीले वीरगंज बसपार्कका एकजना पसलेको एक लाख भारु फिर्ता नगरी दुःख दिएको व्यापारीले गुनासो गरेका छन् । यही कात्तिक ४ गते वीरगंज बसपार्कमा रहेको सन्तोष गुप्ताको पसलमा सशस्त्र प्रहरीले छापामारी गरेको थियो । भन्सार छलीका सामानहरू सो पसलमा भण्डारण भएको सूचनाको आधारमा छापामारी गरिएकोमा प्याज र चिनी बरामद […]

शिक्षा र स्वास्थ्यको विषयमा सम्झौता हुँदैन– मन्त्री गुप्ता

प्रस, वीरगंज, २१ कात्तिक/ सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले शिक्ष्Fा र स्वास्थ्यको गुणस्तरमा सम्झौता नगरिने बताएका छन् । जगतपुरमा टैरीमाई युवा क्लबद्वारा बुधवार आयोजित शैक्षिक जनचेतना तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले शिक्ष्Fा र स्वास्थ्य दुवै क्ष्Fेत्रमा गुणस्तरीयता कायम गर्दै क्षमता बढाउनेतर्पm सबैको ध्यान केन्द्रित हुनुपर्ने कुरामा जोड दिए । उनले यस सन्दर्भमा […]

ग्रामीण क्षेत्रमा पनि छठघाट सजावट प्रतिस्पर्धा

प्रस, पोखरिया, २१ कात्तिक/ पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा पनि छठघाट सजावटको प्रतिस्पर्धा बढेको छ । वीरगंज महानगर अन्तर्गत घडीअर्वा, स्वीमिङपुल, रानीघाट, मुर्ली, नगवामा सिसिटिभीसहितको निगरानीमा भव्य पण्डाल बनाएर छठपूजा हुँदै आएको भए पनि पछिल्लो समयमा पर्सा जिल्लाको विभिन्न पालिकाहरूमा गरिने छठघाटस्थलमा पण्डाल र बत्तीको सजावटमा प्रतिस्पर्धा बढिरहेको छ । पोखरिया नगरपालिकाको प्रायः सबै वडामा छठपूजा […]

घडीअर्वाको आम्दानी र खर्च बढने अनुमान

प्रस, वीरगंज, २१ कात्तिक/ घडीअर्वा स्पोटर््स क्लब अन्तर्गतको छठपूजा व्यवस्थापन समितिले बुधवार पत्रकार सम्मेलन गरी यस वर्षको छठपूजामा साढे १८ लाख खर्च हुने अनुमान गरेको छ । पोखरी परिसरमा आज पत्रकार सम्मेलन गर्दै समितिका अध्यक्ष्F दीपकुमार साहले चालू आवको छठमा २६ लाख ११ हजार ३१८ आम्दानी र १८ लाख ४४ हजार ५०० खर्च हुने अनुमान […]

स्वीमिङपुलमा बीमासहितको छठपूजा व्यवस्थापन

प्रस, वीरगंज, २१ कात्तिक/ वीरगंज महानगर–१० आदर्शनगरस्थित स्वीमिङपुलमा छठपूजाको लागि आठ लाख खर्च अनुमान गरिएको छ । मङ्गलवार पत्रकार सम्मेलन गर्दै छठपूजा व्यवस्थापन समितिका अध्यक्ष मुकेशकुमार वर्णवालले छठपूजा सजावटका लागि टेन्ट, लाइटिङ, सिसिटिभी जडान गरिएको र सोमा करीब आठ लाख खर्च अनुमान गरिएको बताए । उनले यसपटक स्वीमिङपुलमा छठ अवलोकनको लागि पाँच हजार मानिस आउने […]

बहुदरमाईमा १५ जनाद्वारा रक्तदान

प्रस, वीरगंज, २१ कात्तिक/ विश्व हिन्दु परिषद् नेपालले बुधवार बहुदरमाई नगरपालिका–८ बहुदरमाईमा आयोजना गरेको रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए । छठको अवसरमा आयोजित रक्तदानमा आदित्य साह, दीपेन्द्र पटेल, अमिर शर्मा, आकाश पटेल, राजीव आलम, प्रदीप साह, सन्दीप यादवलगायतले रक्तदान गरेका थिए ।

समृद्ध कपको उपाधि समृद्ध क्लबले जित्यो

प्रस, वीरगंज, २१ कात्तिक/ बारा जिल्लाको कोल्हबी नगरपालिका–३ जुअवामा सम्पन्न प्रथम समृद्ध कपको उपाधि आयोजक समृद्ध नेपाल क्लबले जितेको छ । मङ्गलवार साँझ भएको फाइनल प्रतियोगितामा आयोजक समृद्ध नेपाल क्लब जुअवाले त्रिशूल युवा क्लब बकुलियालाई एकविरूद्ध तीन गोल गरी उपाधि जितेको हो । उपाधि जितेसँगै सो क्लबले नगद रू ३५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र […]

लोकपर्वको सर्वश्रेष्ठ दिवस

• सञ्जय साह मित्र हाम्रो संस्कृतिमा अनेक पर्व छन् तर संस्कृतिका दुई आधार मुख्य छन् । पहिलो आधार लोक हो भने दोस्रो शास्त्र । यसैले पर्व पनि दुई किसिमका हुन्छन् ः लोक र शास्त्रीय । लोकपर्वबारे कुनै शास्त्रमा स्पष्ट व्याख्या तथा विश्लेषण गरिएको पाइँदैन तर शास्त्रीय पर्वहरूबारे विधि–विधान र अन्य कर्म निर्धारण गरिएका हुन्छन् । […]