दलित शिक्षामा प्रभावकारी भएको छ निश्शुल्क टयुशन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २० कात्तिक/
पिस फर दलित्स फाउन्डेशन नेपालको आयोजनामा पर्सा जिल्लाको दुईवटा पालिकाको पाँच स्थानमा चार वर्षदेखि दलित समुदायका बालबालिकाहरूलाई निश्शुल्क टयुशन पढाइँदैछ ।

फाउन्डेशन मधेस प्रदेशका अध्यक्ष मनोज रामले २०७७ सालदेखि सखुवाप्रसौनी गाउँपालिकाको चार स्थान र वीरगंज महानगरपालिकाको एक स्थान गरी पाँच स्थानमा मुसहर, चमार, दुसाध, मुस्लिम समुदायका बालबालिकाहरूलाई निश्शुल्क ट्युशन पढाउने काम भइरहेको बताए । उनले अमेरिका, अस्टे«लियामा रहेका नेपालीहरूको सहयोगमा अहिलेसम्म ट्युशन सञ्चालन हुँदै आएको र यसमा स्थानीय पालिकाले अहिलेसम्म कुनै पनि सहयोग नगरेको बताए ।

सखुवाप्रसौनी गापा–३ र ५ नं. वडाको कौवा वनकटैया, महुवनको दुई स्थान र वीरगंज महानगरपालिका–१९ केहुनियामा रहेका मुसहर, चमार, मुस्लिम समुदायका बालबालिकाहरूलाई ट्युशन भइरहेको बताए । पाँच स्थानमा अहिले करीब एक हजार बालबालिका निश्शुल्क ट्युशन लिंदै आइरहेका छन् । उनीहरूलाई एकजना शिक्षकबाट दैनिक तीन घण्टा ट्युशन दिइरहेको अध्यक्ष्F रामले बताए । बिहान र बेलुका विद्यालय जाने र फर्कने समय मिलाएर दैनिक तीन घण्टा ट्युशन दिंदा अहिले दलित बालबालिकाहरू विद्यालयमा टिकाउ भइरहेका र उनीहरू अनुत्तीर्ण हुने सङ्ख्या पनि बिस्तारै कम भइरहेको बताए ।

निश्शुल्क ट्युशन सञ्चालनबाट विद्यालयमा टिकाउ हुने दलित समुदायका बालबालिकाहरूको सङ्ख्या ७० प्रतिशत बढेको र उत्तीर्ण हुने सङ्ख्या ६० प्रतिशतले वृद्धि भएको उनले बताए । दलित भएको कारण र शिक्षामा कमजोर हुँदा बालबालिकाहरूलाई विद्यालयमा टिकिरहन गा-हो हुने र उनीहरू अन्य समुदायका विद्यार्थीहरूबाट हेपिनुपर्ने हुँदा अहिले त्यस्तो नभएको बताए । समानरूपमा शिक्षा हासिल गर्ने अवसर दलितका बालबालिकाहरूले पनि प्राप्त गरिरहेको र यसको कारण ट्युशन रहेको बताए । अन्य समुदायका बालबालिकासँगै उनीहरूको पनि शिक्षामा पहुँच बढेको र योसँगै विद्यालयमा हेपिने क्रम पनि कम भएको अध्यक्ष रामले बताए ।

कक्षा १–५ सम्मका विद्यार्थीहरूलाई लक्ष्Fित गरेर पाँच ठाउँको सडक, बाटो, निजी जग्गामा खुला आकाशमुनि अहिलेसम्म निश्शुल्क ट्युशन दिंदै आएको उनले बताए । उनले दलित बालबालिकाहरूको लागि निश्शुल्क ट्युशन सेवा एनआरएन महुवन र कटैयाबाट शुरू भएको र अहिले पाँच स्थानमा फैलिएको बताए । दलित बालबालिकाहरूको शैक्षिक स्तरोन्नतिका लागि पिस फर नेपाल दलित्स फाउन्डेशन नेपालले शुरूआत गरेको यो अभियानमा स्थानीय पालिकाहरूले सहयोग गरेको भए अझ बढी परिवर्तन हुने उनको भनाइ छ ।

दलित बालबालिकाहरूको लागि शिक्ष्Fामा पहुँच बढाउने स्थानीय पालिकाको अहिलेसम्म सोच वृद्धि नभएको भन्दै उनले यसका लागि जनप्रतिनिधिहरूले भन्ने भन्दा पनि गरेर देखाउनुपर्ने बताए । चार वर्षदेखि खुला आकाशमा सडकछेउमा निश्शुल्क ट्युशन दिंदै आए पनि पालिकाहरूले यसको उचित व्यवस्थापन गर्न नसकेकोमा उनले दुःख व्यक्त गरेका छन् । पालिकाहरूले कम्तीमा दलित बालबालिकाहरूलाई हावाहुरी, वर्षा, जाडोयाममा ट्युशन सहज उपलब्ध होस् भन्ने हेतुले छानाको व्यवस्था गरिदिएको भए उनीहरूको पढाइमा अझ बढी परिवर्तन हुने अध्यक्ष रामले बताएका छन् ।

विपद्को समयमा अध्यापन प्रभावित हुने हुँदा चाडपर्वमा पनि दलित बालबालिकाहरूलाई सीमित अवधिको बिदा दिएर नियमित ट्युशन दिने कार्य भइरहेको छ । दशैंमा तीन दिन, दीपावलीमा दुई दिन र छठमा दुई दिन मात्र बिदा दिएर टयुशनलाई निरन्तरता दिएको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।