छठमा ११ सय गरीबलाई निश्शुल्क कपडा

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २० कात्तिक/
वीरगंज कपडा बैंकले छठपूजालाई लक्षित गरेर गरीब असहाय, दीनदुःखीहरूलाई निश्शुल्क कपडा वितरण गरेको छ ।

घण्टाघरमा सोमवार ११०० थान नयाँ–पुरानो कपडा वितरण गरिएको कपडा बैंकका सचिव कन्हैया पटेलले बताए । उनले नयाँ–पुरानो साडी, सर्ट, पाइन्ट, पैजामा, स्वेटर, ज्याकेट तथा बालबालिकाहरूको कपडा गरेर ११०० थान वितरण गरिएको जानकारी गराएका छन् । बडादशैं, दीपावलीमा पनि वीरगंज कपडा बैंकले निश्शुल्क कपडा वितरण गरेको थियो ।

वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्ष्Fतामा भएको कार्यक्रममा बैंकका संरक्ष्Fक सुरेन्द्रप्रसाद कुर्मी, सल्लाहकारहरू पन्नालाल गुप्ता, ओमप्रकाश गुप्ता, डा सुषमा तिवारी, अखिलेश तिवारी, हुकुम सिंह, नेजामुद्दीन समानी, सतीशसिंह राजपूत, मोनिका सिंह, प्रकाश थारू, राजेन्द्र भट्टराईलगायत सहभागी थिए ।

बैंकका संरक्षक कुर्मीले जोसँग धेरै कपडा छ हामीलाई दिएर जानुस् र नहुनेले निश्शुल्क लिएर जानुस्को नारालाई विगत छ वर्षदेखि सार्थक बनाउँदै आएको र यो अभियानमा सघाउने सबैलाई धन्यवाद ज्ञापन गरे । उनले चाडपर्वमा गरीब, दीनदुःखीहरूले पनि कपडाको कारण तनाव लिन नपरोस् भनेर निश्शुल्क वितरण गरिएको बताए । उनले चाडपर्वबाहेक सातामा आइतवारदेखि शुक्रवारसम्म बिहान १०ः३० देखि ५ः३० बजेसम्म वीरगंज महानगर–८ वीरगंज सामुदायिक आँखा अस्पताल नजीक कार्यालयबाट निश्शुल्क कपडा वितरण कार्य जारी रहेको जानकारी गराएका थिए ।

उनले विभिन्न स्थानमा निश्शुल्क कपडा वितरण कार्यक्रम गर्दै आएको र चाडपर्व, विपद्लगायतमा वीरगंज कपडा बैंकले सेवा पु¥याउँदै आएको जानकारी गराए । संरक्ष्Fक कुर्मीले आम्दानीको ५–१० प्रतिशत सामाजिक सेवामा खर्चेको खण्डमा अरूको आस पर्नु नपर्ने र आफैंबाट सामाजिक कार्य गर्न सकिने भन्दै सो अभियानमा सघाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।