प्रस, वीरगंज, २० कात्तिक/
आजदेखि छठपर्व शुरू भएको छ । सूर्यको आराधना र पूजा गरी हर्षोल्लासका साथ मनाइने छठपर्वको पहिलो दिन व्रतालुहरूले नुहाइधुवाइ पूजा गरेर शुद्ध खाना खाएका छन् ।
बुधवार दिनभरि भोको बस्ने र सूर्यास्तपछि खिरपुडी (रसियारोटी) खाएर व्रत तोडिन्छ । यसैगरी बिहीवार दिनभरि निर्जल व्रत बस्ने र साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर जागा बस्ने गरिन्छ । सो दिन रातभरि तलाउ, नदी,खोलामा जाग्राम बस्ने, भाकल भएकाहरूले कोसी भर्ने र भोलिपल्ट अर्थात् शुक्रवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठपूजाको विधिवत् समापन गरिन्छ ।