कुर्मी सशक्तीकरणद्वारा शुभकामना कार्यक्रम

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, पोखरिया, २० कात्तिक/
कुर्मी सशक्तीकरण मञ्च पोखरियाको आयोजनामा सोमवार छठपर्वको अवसरमा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका वक्ताहरू दीपक पटेल, बङ्काराउत कुर्मी, भगवान कुर्मी, इनरदेव पटेल, मितराम कुर्मी, नन्दलाल कुर्मी र लालबाबूराउत कुर्मीले राजनीतिक क्षेत्रबाहेक स्वजातीय एकता कायम गरिनुपर्ने बताए । उनीहरूले आप्mनो समुदायबाट दाइजोमुक्त समाज बनाउन पहल गर्नुपर्ने कुरामा जोड दिए । छठ पर्वको शुभकामना दिंदै उनीहरूले स्वजातीय एकता कायम गरी एकले अर्कालाई सहयोगी भावना देखाउन सकेको खण्डमा स्वजातीय समाजको विकास हुने बताए ।

परमानन्दप्रसाद कुर्मीको अध्यक्षतामा पोखरिया नपा–७ गोविन्दपुरमा आयोजित शुभकामना कार्यक्रमको सहजीकरण पन्नालाल पटेलले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।