प्रस, वीरगंज, २० कात्तिक/
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पर्सा जिल्लामा हुने छठपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाउने बताएका छन् ।
मङ्गलवार पर्सा जिल्लाको सबैभन्दा चर्चित छठघाटस्थल घडिअर्वा पोखरीमा आयोजित कार्यक्रममा बोल्दै उनले जिल्ला सुरक्षा समितिको बैठक बसेर छठपर्वको लागि आवश्यक सुरक्षा रणनीतिसहितको योजना बनाउने बताए । उनले विगतमा भएका घटनाहरूलाई दृष्टिगत गरेर सुरक्षा योजना बनाउने बताए । सुरक्ष्Fाका तीनवटै अङ्ग र पालिकास्तरको नगर प्रहरीको समन्वयमा छठपूजाको लागि विशेष समिति बनाउने बताए । उनले पर्सा जिल्ला र महानगरपालिकामा भइरहेको विभिन्न छठघाट पोखरीको स्थलगत अवलोकन गरेको र सोही अनुसाारको सुरक्ष्Fा रणनीतिक योजनाको तयारीमा रहेको बताए ।
उनले घडिअर्वा पोखरी परिसरमा हुने छठघाट २४ वर्षदेखि लाग्दै आएको र यसको सुरक्ष्Fा योजनाबारे गम्भीर विचार गरिने बताए । पर्सा जिल्लाकै सबैभन्दा बढी मानिस आएर छठ अवलोकन गर्ने घडिअर्वा पोखरीको सुरक्ष्Fा चुनौतीपूर्ण रहेको र यस वर्षको छठपूजालाई पनि पूर्ववत् शान्त वातावरणमा सम्पन्न गर्ने इमानदार प्रयास गरिने बताए । उनले छठघाट परिसरमा दमकल, एम्बुलेन्स, स्वास्थ्यकर्मीहरूको टोली विगतझैं खटाउने व्यवस्था गरिएको जानकारी गराए ।
सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले घडिअर्वा पोखरीमा उद्धारसहितको टोली परिचालन गरिने बताए । प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले घडिअर्वा पोखरीलगायत पर्सा जिल्लाका सबै छठघाट पोखरीमा आवश्यक सुरक्षाको व्यवस्था गरिएको जानकारी गराए ।
घडिअर्वा छठपूजा व्यवस्थापन समितिका सहसचिव प्रभाकर गुप्ताले शान्ति सुरक्षाको लागि पोखरी परिसरमा २० थान सिसिटिभी जडान गरिएको बताए ।