प्रस, वीरगंज २० कात्तिक/
जन सेवा नेपालले कालिकामाई गाउँपालिका–१ मुडलीमा आयोजना गरेको कार्यक्रममा ५० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजले जनाएको छ । कार्यक्रममा सन्दीप पटेल, पिङ्कु राम, राजु राम, जुनैद हुसैन, भुपेन्द्र कुमार साह, गजेन्द्र साह, सुरेन्द्र साह, रामकिशोर महतो, उदय सिंहलगायतले रगतदान गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप–शाखाका युवा संयोजक अभिलाष गुप्ता, रक्त सञ्चार केन्द्रका मनीष गुप्ता, जितेन्द्र कुशवाहा, नितेश यादवले प्राविधिक सहयोग पु¥याएका थिए ।
जनसेवा नेपालका अध्यक्ष राधेश्यामप्रसाद पटेलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री रमेश रिजाल, अजयकुमार पटेल, वडाध्यक्ष लालबाबूराउत बरईलगायतको सहभागिता थियो ।