दलित शिक्षामा प्रभावकारी भएको छ निश्शुल्क टयुशन
प्रस, वीरगंज, २० कात्तिक/ पिस फर दलित्स फाउन्डेशन नेपालको आयोजनामा पर्सा जिल्लाको दुईवटा पालिकाको पाँच स्थानमा चार वर्षदेखि दलित समुदायका बालबालिकाहरूलाई निश्शुल्क टयुशन पढाइँदैछ । फाउन्डेशन मधेस प्रदेशका अध्यक्ष मनोज रामले २०७७ सालदेखि सखुवाप्रसौनी गाउँपालिकाको चार स्थान र वीरगंज महानगरपालिकाको एक स्थान गरी पाँच स्थानमा मुसहर, चमार, दुसाध, मुस्लिम समुदायका बालबालिकाहरूलाई निश्शुल्क ट्युशन पढाउने काम […]
छठमा ११ सय गरीबलाई निश्शुल्क कपडा
प्रस, वीरगंज, २० कात्तिक/ वीरगंज कपडा बैंकले छठपूजालाई लक्षित गरेर गरीब असहाय, दीनदुःखीहरूलाई निश्शुल्क कपडा वितरण गरेको छ । घण्टाघरमा सोमवार ११०० थान नयाँ–पुरानो कपडा वितरण गरिएको कपडा बैंकका सचिव कन्हैया पटेलले बताए । उनले नयाँ–पुरानो साडी, सर्ट, पाइन्ट, पैजामा, स्वेटर, ज्याकेट तथा बालबालिकाहरूको कपडा गरेर ११०० थान वितरण गरिएको जानकारी गराएका छन् । बडादशैं, […]
अनधिकृत मेला नलगाउन नगरप्रमुखको आग्रह
प्रस, सिम्रौनगढ, २० कात्तिक/ पचरौता नगरपालिका–७ बेनौलीमा यही २४ र २५ गते लाग्ने महाबिरी झन्डा मेला सम्बन्धमा सोमवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । नगरप्रमुख जालन्धर सिंहले बेनौलीमा वर्षौदेखि महाबिरी झन्डा मेला लाग्दै आएको र यस वर्ष पनि लाग्ने र त्यसको तयारी भइरहेको बताए । उनले महाबिरी झन्डा मेलामा सुरक्ष्Fा व्यवस्था चुस्तदुरुस्त बनाउन सम्बन्धित […]
पर्साको ग्रामीण क्षेत्रमा पाँच दिनमा सातजनाको मृत्यु
प्रस, पोखरिया, २० कात्तिक/ पर्साको ग्रामीण क्ष्Fेत्रमा दीपावली बिदाको पाँच दिनमा सातजनाको मृत्यु भएको छ । चारजनाले झुन्डिएर आत्महत्या गरेका थिए भने एकजना डुबेर मरेको, एकजनाको सवारी दुर्घटनाबाट मृत्यु भएको हो । कात्तिक १५ गते छिपहरमाई गाउँपालिका–५ निवासी १६ वर्षीय मुन्नी खातुनले झुन्डिएर आत्महत्या गरिन् । भोलिपल्ट बहुदरमाई नपा–८ रामनगरी निवासी १४ वर्षीया इसरत खातुनले […]
छठपूजा आजदेखि विधिवत् शुरु
प्रस, वीरगंज, २० कात्तिक/ आजदेखि छठपर्व शुरू भएको छ । सूर्यको आराधना र पूजा गरी हर्षोल्लासका साथ मनाइने छठपर्वको पहिलो दिन व्रतालुहरूले नुहाइधुवाइ पूजा गरेर शुद्ध खाना खाएका छन् । बुधवार दिनभरि भोको बस्ने र सूर्यास्तपछि खिरपुडी (रसियारोटी) खाएर व्रत तोडिन्छ । यसैगरी बिहीवार दिनभरि निर्जल व्रत बस्ने र साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर जागा […]
हतियारसहित दुईजना भारतीय पक्राउ
प्रस, वीरगंज, २० कात्तिक/ सर्लाही प्रहरीले हतियारसहित दुईजना भारतीय युवकलाई पक्राउ गरेको छ । सर्लाही जिल्ला गोडैता नगरपालिका–१२ बाट नलकटुवा पेस्तोल एक थान, १० राउन्ड गोली र नेरु एक हजारको २० थान नोटमा कागजको बन्डल बनाइएको अवस्थामा खोटा मुद्रासहित दुईजनालाई पक्राउ गरिएको जिप्रका, सर्लाहीले जनाएको छ । पक्राउ पर्नेमा भारत, सीतामढीका २६ वर्षीय कुन्नु पटेल […]
कुर्मी सशक्तीकरणद्वारा शुभकामना कार्यक्रम
प्रस, पोखरिया, २० कात्तिक/ कुर्मी सशक्तीकरण मञ्च पोखरियाको आयोजनामा सोमवार छठपर्वको अवसरमा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका वक्ताहरू दीपक पटेल, बङ्काराउत कुर्मी, भगवान कुर्मी, इनरदेव पटेल, मितराम कुर्मी, नन्दलाल कुर्मी र लालबाबूराउत कुर्मीले राजनीतिक क्षेत्रबाहेक स्वजातीय एकता कायम गरिनुपर्ने बताए । उनीहरूले आप्mनो समुदायबाट दाइजोमुक्त समाज बनाउन पहल गर्नुपर्ने कुरामा जोड दिए । […]
छठपर्व लक्षित विशेष सुरक्षा योजना– प्रजिअ अर्याल
प्रस, वीरगंज, २० कात्तिक/ प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पर्सा जिल्लामा हुने छठपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाउने बताएका छन् । मङ्गलवार पर्सा जिल्लाको सबैभन्दा चर्चित छठघाटस्थल घडिअर्वा पोखरीमा आयोजित कार्यक्रममा बोल्दै उनले जिल्ला सुरक्षा समितिको बैठक बसेर छठपर्वको लागि आवश्यक सुरक्षा रणनीतिसहितको योजना बनाउने बताए । उनले विगतमा भएका घटनाहरूलाई दृष्टिगत गरेर सुरक्षा […]
कालिकामाईमा रक्तदान ५० जना सहभागी
प्रस, वीरगंज २० कात्तिक/ जन सेवा नेपालले कालिकामाई गाउँपालिका–१ मुडलीमा आयोजना गरेको कार्यक्रममा ५० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजले जनाएको छ । कार्यक्रममा सन्दीप पटेल, पिङ्कु राम, राजु राम, जुनैद हुसैन, भुपेन्द्र कुमार साह, गजेन्द्र साह, सुरेन्द्र साह, रामकिशोर महतो, उदय सिंहलगायतले रगतदान गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप–शाखाका युवा संयोजक अभिलाष […]
२०८१ कात्तिक २१ गते बुधवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला