छठमा सामान किन्न वीरगंज बजारमा भीड बढ्यो

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १९ कात्तिक/
दशैं र दीपावलीमा वीरगंजको बजार सुनसान भए पनि छठ पर्वमा भने भीड बढेको छ । भाइटीकाको दिनदेखि वीरगंजको बजारमा छठपूजा सामग्री खरीद गर्ने मानिसहरूको भीड बढेको छ ।

खासगरी छठपूजामा नयाँ पहिरन खरीद गर्ने परम्परा भएकोले कपडा, जुत्तालगायत सामग्री किनमेल गर्नेहरूको भीड बढेको छ । घण्टाघरदेखि आदर्शनगरसम्मको बजार क्ष्Fेत्रमा नयाँ कपडा, जुत्ता खरीद गर्नेहरूको भीडले सवारी जाम हुँदै आएको छ । भारतको रक्सौलबाट पनि जिन्स कपडा खरीद गर्नेहरूको भीड वीरगंजमा बढेको छ । खासगरी वीरगंज ब्यारेकदेखि उत्तरतर्पm खुद्रा पसलमा जिन्स खरीद गर्न रक्सौल आसपासबाट मानिसहरू आएका छन् जसले गर्दा भीड बढेको छ । प्रत्येक वर्ष छठमा रक्सौल आसपासका मानिसहरूको जिन्स कपडा किनमेल वीरगंजबाट हुँदै आएको छ ।

रक्सौलको तुलनामा जिन्स वीरगंजमा सस्तो हुने भएकोले उनीहरू किनमेल गर्न यहाँ आउने गरेका हुन् । दशैं, दीपावली र छठमा रक्सौल बजार वीरगंजको तुलना बढी नै भीडभाड भएर कारोबार भएको देखियो । खासगरी खाद्यान्न सामग्रीको किनमेलका लागि मानिसहरू रक्सौल जाने गरेका छन् । सशस्त्र प्रहरीले कपडालगायत सामग्री ल्याउन कडाइ गरेको तर खाद्यान्न सामग्रीमा भने रोक नलगाएको कारण वीरगंज आसपासका मानिस रक्सौल बजार पुग्ने गरेका हुन् ।

शुरूदेखि नै वीरगंजको तुलनामा रक्सौल बजार सस्तो भएकोले यहाँका मानिसहरूको पहिलो आकर्षण रक्सौल बजार हुने गरेको छ । यसका साथै कलैया, जीतपुर, निजगढ, सिमरा, पथलैया, हेटौंडा, नारायणगढ, काठमाडौंलगायतबाट पनि पर्वको बेला मानिसहरू रक्सौल बजार पुग्ने गरेका छन् । त्यसैले दशैंदेखि छठसम्म रक्सौल बजारमा भीडभाड हुन्छ । पुरानै परम्परागत पसल र सडक फराकिलो नहुँदा रक्सौल बजारमा घण्टौं जाम लाग्ने र त्यहाँ गएर खरीद गरेर आउन समस्या भए पनि सस्तोको कारण मानिसहरू जान भने छाडेका छैनन् ।

प्रस, पोखरिया/
दशैं, दीपावलीसँगै छठमा पनि सीमावर्ती क्ष्Fेत्रका मानिसहरूको किनमेल भारतीय बजारमैं बढी केन्द्रित रहने गरेको छ ।

छठपूजाको अवसरमा हुने किनमेलका लागि भारतीय सीमा क्षेत्रमा रहेका रक्सौल, भेलाही, इनर्वा, मैनाटाड, जमुनिया, नरकटियागंजलगायत क्ष्Fेत्रमा मानिसहरू किनमेलका लागि जाने गरका छन् । जसले गर्दा पर्साको ग्रामीण क्ष्Fेत्रमा रहेका बजारहरूमा उत्साहजनक कारोबार हुन सकेको छैन । दशैं, दीपावली र छठपूजालाई लक्ष्Fित गरेर व्यापारीहरूले लगानी गरी पसल भरे पनि यहाँका मानिसहरू सामान खरीद गर्न भारतीय बजार नै जाने गरेका कारण पोखरिया, भिस्वा, जानकीटोला, सुवर्णपुर, सेढवा, पचगावाँ, विन्ध्यवासिनी र पर्सागढीका बजारहरूमा किनमेल गर्नेहरूको सङ्ख्या बढ्न सकेको छैन ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस