जग्गासम्बन्धमा दाजुभाइबीच झडप, १० जना घाइते

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १९ कात्तिक/
पकाहामैनपुर गाउँपालिका–२ मा सोमवार दुई पक्षबीच झडप हुँदा १० जना घाइते भएका छन् । दाजुभाइ धर्मजित महतो र किशोरी महतो पक्षबीच जग्गा सम्बन्धी विवाद हुँदा दुवैपक्षका १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय, पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए ।

दुवै दाजुभाईबीच २०७७ सालदेखि ३७ धुर जग्गाको विषयमा विवाद रहेको थियो र अदालतमा परेको मुद्दामा किशोरी महतो कोइरीको पक्षमा ७५१५ वर्गमिटर जग्गा भोग गर्न भनिएको थियो । अदालतको आदेश अनुसार एक पक्ष्Fले नापनक्शा गरेर भोग गर्न भनेको तर अर्को पक्षले जोरजबरस्ती गर्दा आज झडप भएको प्रवक्ता भारतीले बताए ।

किशोरी महतो पक्षले बढी रहेको जग्गा भोगचलन गर्दा धर्मजित महतो पक्षले नापनक्शा गरेर मात्रै काम गर्न भनेको र सोही क्रममा जबरजस्ती भोग गर्न खोज्दा विवाद भएर झडप भएको थियो ।

झडपमा धर्मजित महतो, सुशीला देवी, रामवती देवी, रमेश कुशवाहा, महन्थ महतो कोइरीलगायत घाइते भएका छन् भने किशोरी महतो पक्षका राधेश्याम, अमीर मेहता, अनिल कुशवाहा, उमेश कुशवाहा, बृजेश कुशवाहालगायत घाइते भएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस