टाटासुमो दुर्घटना बालकको मृत्यु, आठजना घाइते

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, परवानीपुर, १९ कात्तिक/
काठमाडौंबाट वीरगंज आउँदै गरेको टाटासुमो सोमवार बिहान बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१० नितनपुरमा दुर्घटना हुँदा एकजना बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बिहान ४ः३० बजे ना.१ ज ४४२८ नं.को टाटासुमो अनियन्त्रित भई दुर्घटना भएको र सोमा सवार भारत, रक्सौलका चार वर्षीय अनमोलकुमार साहको मृत्यु भएको बताए । उनले टाटासुमोमा सवार आठजना घाइते भएका र उनीहरूलाई उपचारको लागि वीरगंजस्थित वयोधा अस्पताल पठाइएको बताए । सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस